उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द | Khabarhub Khabarhub

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ ।

निर्वाचन आयोगको कार्यतालिमा गएराति १२ बजेबाट निर्वाचन नसकिएसम्मका लागि उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।

निर्वाचन आचार संहिताअनुसार निर्वाचन हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।

निर्वाचन आचारसंहिता बमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध छ ।

निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारण जस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले जानकारी गराएको छ ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई गराउन सम्बन्धित निकायलाई निर्देश गरिएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म इलाम २ मा प्रतिनिधिसभा र बझाङ प्रदेशसभा– १ मा प्रदेशसभा निर्वाचन हुँदैछ ।

इलाममा १९ जना र बझाङमा ११ जना उमेदवार चुनावी मैदानमा रहेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ६ : २३ बजे

इजरायली आक्रमणमा इरानी वैज्ञानिकसहित वरिष्ठ नेता मारिए

इरान – इजरायली आक्रमणबाट इरानी रेभुलेसनरी गार्डका प्रमुख हुसेन सलामीको

बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन

दमौली– बन्दीपुर गाउँपालिकामा पछिल्ला दुई महिनामा चितुवाको आक्रमणबाट दुई जना

इरानको चेतावनी- इजरायलले ‘गम्भीर मूल्य चुकाउनुपर्नेछ’

तेहरान – इरानले शुक्रबार सबेरै भएको आक्रमणको इजरायलले गम्भीर मूल्य

धनगढीमा सर्पको टोकाइबाट एक शिक्षिकाको मृत्यु 

धनगढी– कैलालीमा सर्पले टोक्दा एक शिक्षिकाको मृत्यु भएको छ ।

इजरायली आक्रमणमा जोगिए इरानका सर्वोच्च नेता खामेनेई, परिस्थितिबारे जानकारी लिँदै

तेहरान – इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनेई इजरायलको आक्रमणमा जोगिएका