इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत « Khabarhub

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत


१३ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति सेर्गियो माटारेलासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

त्यसअवसरमा राष्ट्रपति माटारेलाले इटाली र नेपालबीचको सुमधुर सम्बन्धबारे चर्चा गर्दै दुवै मुलुकबीच आर्थिक तथा जनस्तरको सम्बन्ध विस्तारमा जोड दिएको जेनेभास्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत सुवेदीले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट राष्ट्रपति माटारेलाको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इटालीका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए।

नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकासबारे जानकारी दिँदै वर्तमान सरकारका प्राथमिकता सम्बन्धमा राष्ट्रपतिलाई अवगत गराएको राजदूत सुवेदीले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ९ : ३८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया