टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने « Khabarhub

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले अमेरिकी कानूनविरुद्ध लड्ने जनाएको छ । टिकटक छोटा भिडियो साझेदारी हुने लोकप्रिय एप हो ।

नौ महिनाभित्र लगानी फिर्ता लैजानुपर्ने या प्रतिबन्ध झेल्नुपर्नेगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै एक विधेयकमा हस्ताक्षर गरिसकेका छन् । टिकटकको स्वामित्व चिनियाँ कम्पनी बाइट डान्ससँग छ ।

अमेरिकाका टिकटक प्रयोगकर्ताको विवरण बाइट डान्सले चीन सरकारलाई उपलब्ध गराइरहेको चीनको आशंका छ । यही आशंकाबीच अमेरिकाले टिकटक बन्द गराउनेगरी विधेयक ल्याएको हो । तर प्रयोगकर्ताको विवरण चीन सरकारलाई उपलब्ध गराएको भन्ने आरोप टिकटकले अस्वीकार गर्दै आएको छ ।

टिकटकका प्रमुख च्युसोउ जीले अमेरिकी सरकारको पछिल्लो कदमविरुद्ध अदालतमा लडाईं लडिरहने बताएका छन् । तथ्य र संविधान आफूहरूको पक्षमा रहेकाले आफूहरू अमेरिका छाडेर कतै नजाने उनले दाबी गरेका छन् ।

टिकटकमै एक भिडियो राख्दै जीले पछिल्लो विधेयकमाथि कडा आलोचना गरेका छन् । उनले टिकटकका कारण मानिसहरूको जीवन सुध्रिएको पनि बताएका छन् । टिकटकमाथिको प्रतिबन्ध मानिसहरूको आवाजमाथिकै प्रतिबन्ध हुने उनको तर्क छ ।

अर्को एक विज्ञप्तिमा टिकटकले अमेरिका तथ्याङ्क सुरक्षित राख्न अर्बाैं डलर लगानी गरेको र यो प्लेटफर्म कुनै पनि प्रकारको दबाबबाट मुक्त रहेको दाबी गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  १० : २५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका