राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन « Khabarhub

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन


१३ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार प्रदान गर्न आवेदन मागेको छ । बोर्डले सूचना प्रकाशित भएको मिति बैशाख १२ गतेदेखि २१ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।

बोर्डले राष्ट्रिय चलचित्र पुरस्कारका लागि गत वर्ष २०८० वैशाख १ गतेदेखि २०८० चैत्र मसान्तभित्र सार्वजनिक प्रदर्शन भएका चलचित्रहरूको लागि आवेदन दिन सकिने जनाएको छ । साथै विशेष चलचित्रका लागि गत वर्ष २०८० वैशाख १ गतेदेखि चैत्र मसान्तभित्र चलचित्र जाँच समितिबाट जाँच भएका चलचित्रहरूको लागि आवेदन दिन सकिने छ ।

त्यस्तै आदिवासी, जनजाति तथा मातृभाषी चलचित्रका लागि २०८० वैशाख १ गते देखि चैत्र मसान्तभित्र चलचित्र जाँच समितिबाट जाँच भएका चलचित्रहरू राष्ट्रिय चलचित्र तथा विशेष चलचित्र पुरस्कारमा सहभागी हुन सक्नेछन् । 

तर, आदिवासी जनजाति तथा मातृभाषाका चलचित्रहरू विधागत रुपमा राष्ट्रिय चलचित्र पुरस्कार वा आदिवासी, जनजाति तथा मातृभाषी राष्ट्रिय चलचित्र पुरस्कार मध्ये कुनै एकमा मात्र सहभागिता जनाउन पाउनेछन् । विधागत रुपमा सहभागी हुने चलचित्र सार्वजनिक प्रदर्शन भएको हुनुपर्ने बोर्डले जनाएको छ ।

साथै आवेदनसँग सम्बन्धित चलचित्र निर्माताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित सम्बन्धित निर्माता वा निजले अधिकार दिएको व्यक्ति आफै उपस्थित भई वा ई-मेल ठेगाना मार्फत आवेदन दिन आग्रह गरको छ ।

बोर्डले राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा आदिवासी जनजाति तथा मातृभाषी चलचित्र पुरस्कारको प्रतिस्पर्धामा सहभागी हुन बोर्डबाट उपलब्ध हुने आवेदन फाराम पूर्णरूपमा भरी पेश गर्नुपर्ने बताएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  १२ : ५९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया