हात्तीपाइलेविरुद्ध साझा अभियान « Khabarhub

हात्तीपाइलेविरुद्ध साझा अभियान


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मान्छेलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने घातक रोग हात्तीपाइले (फइलेरिया) विरुद्ध महोत्तरीमा संगठित र साझा अभियान थालिएको छ । 

वैशाख १६ गते आइतबारदेखि हात्तीपाइले रोग निवारणका लागि सुरु गरिने १० दिने ‘आम औषधी सेवन अभियान’ मा कोही नछुटून् भन्ने अभिप्रायले यसलाई संगठित र साझा अभियान बनाइएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

 यस अभियानमा स्वास्थ्य सेवा प्रदायक सबै संस्था, स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक सङ्घसंस्थाबीच समन्वय गरी साझा संयन्त्र बनाएर अभियान सफल बनाइने स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख स्वास्थ्य प्रशासक सुनिता गुप्ताको भनाइ छ ।

अभियानको सफलताका लागि जिल्लाका १५ वटै स्थानीय तहमा खटिने स्वास्थ्यकर्मी र स्वयं सेवकलाई बस्तीबस्तीका घरघर पुगेर औषधी खुवाउने तरिकाबारे अभिमुखीकरण गरिएको कार्यालयले जनाएको छ । यसैगरी अभियानको पूर्ण सफलताका लागि वडा तहसम्म स्थानीय जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका अगुवा, सञ्चारकर्मी र स्वास्थ्य सेवा प्रदायक संस्था आबद्ध व्यक्तिको साझा प्रयत्न अभियानमा जोडिएको प्रमुख स्वास्थ्य प्रशासक गुप्ताको भनाइ छ ।

मुलुकका सात हात्तीपाइले निवारण हुन नसकेका जिल्लामध्ये महोत्तरी परेपछि यसविरुद्ध प्रभावकारी नतिजा निकाल्न यसपालि आम औषधी सेवन अभियानमा जनजन परिचालित गर्न खोजिएको कार्यालयले जनाएको छ ।

 अभियानको सफलताका लागि वडा तहसम्म सम्बद्ध पक्षबीच चरण–चरणका छलफलले योजना बनेका  छन् । दुई वर्ष उमेर पुगेका सबैलाई उनीहरुको उचाइ मापन गरी आवश्यक मात्राको औषधी दिन अभियानमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकलाई प्रशिक्षित गरिएको गुप्ताको भनाइ छ । 

यस अभियानमा दुई वर्ष उमेर नपुगेका, गर्भवती महिला, सात दिनभित्रका सुत्केरी, अस्पतालमा भर्ना भएका बिरामी, छारे रोग भएका, दीर्घरोगी र निरन्तर डायलायसिस गर्नु परिरहेका स्वास्थ्य समस्याका बाहेक सबैलाई औषधी खुवाइने छ । यस अभियानअन्तर्गत यसपालि जिल्लाका सात लाख १६ हजार दुई सय६४ जनालाई औषधी खुवाइने गुप्ताले जानकारी दिए।

मधेसका आठ जिल्लामध्ये महोत्तरी, धनुषा, सर्लाही र रौतहटसमेत चार जिल्लामा हात्तीपाइले रोगका बिरामी भेटिएपछि यीसहित मुलुकका कुल सात जिल्लामा यसविरुद्ध अभियान थालिएको छ । 

मधेसका बाहेक तराईका झापा र कपिलवस्तु एवं हिमाली जिल्ला रसुवामा सरकारले यो अभियान सञ्चालन गर्दैछ । राष्ट्रिय अभियानअन्तर्गत प्रत्येक वर्ष हात्तीपाइले निवारणका लागि औषधी सेवन गराइँदै आइए पनि महोत्तरीमा रोग फैलने क्रम पाइएको छ । गत वर्ष औषधी सेवन गराएपछि रक्त नमूना सर्वेक्षणमा जिल्लामा हात्तीपाइले बढ्दो समस्याका रूपमा पहिचान भएको हो । 

जिल्लाको मटिहानी नगरपालिकाका छ सय व्यक्तिमा रगत परीक्षण गरिँदा २१ जनामा हात्तीपाइले देखिएपछि यसपटक जिल्लामा कोही नछुट्ने गरी औषधी सेवन गराउने तयारी गरिएको हो ।

मटिहानीमा छ सय जनामा गरिएको रक्त परीक्षणको सर्वेक्षण नतिजाले डरलाग्दो अवस्था देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । हात्तीपाइले शारीरिक रूपमा अशक्त, अपाङ्ग र कुरुप बनाउने सरुवा रोग हो । सङ्क्रमण भइसकेर पनि वर्षौँसम्म यसका लक्षण नदेखिने भएको हुँदा अन्यमा चाँडै सर्ने सम्भावना रहन्छ । क्युलेक्स लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्छ । औषधी सेवनले रोग निको हुने र अन्यमा नसर्ने हुँदा अहिले औषधी सेवनको प्रभावकारितामा जोड दिइएको हो ।

औषधी सेवन गर्दा कसैकसैलाई वाकवाकी लाग्ने, रिङ्गटा लाग्ने, वान्ता आउने र ज्वरो आउने पक्ष औषधीको सेवनले शरीरमा भएका रोगका परजीवी नष्ट हुने क्रम भएको स्वास्थ्यकर्मीले स्पष्ट पारेका छन् ।  

तसर्थ हात्तीपाइलेविरुद्धको आम औषधी सेवन अभियानमा सरिक भइ आपूm खाने र अरुलाई खान उत्प्रेरित गर्न स्वास्थ्य कार्यालय महोत्तरीले आम जिल्लावासीसँग अपिल गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  १ : ४१ बजे

दीपालाई अध्यक्षबाट ‘कू’ गरेका जितु उनकै कार्यवाहक !

काठमाडौं – विशाल भण्डारी निर्देशित ‘कमेडी नाइटविथ च्याम्पियन’को अध्यक्षको भूमिकामा

नेपालको विकास यात्रामा रुसको महत्त्वपूर्ण योगदान छ : वर्षमान पुन 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्व अर्थमन्त्री वर्षमान

सोनम वाङ्चुकलाई तुरुन्तै मेदान्ता अस्पताल सार्नू : दिल्ली उच्च अदालत

काठमाडौं- दिल्ली उच्च अदालतले लामो समयदेखि अनसन बसिरहेका भारतका सामाजिक

शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका

तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय