पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी « Khabarhub

पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले अर्थतन्त्रका तीन क्षेत्रमा आगामी पाँच वर्षभित्र १ नील १४ खर्ब ९ अर्ब ८५ करोड रुपैयाँ कूल लगानी हुने अनुमान गरेको छ ।

चालू खर्च र सामाजिक सुरक्षा भत्ता लगायत अनिवार्य दायित्व थप्दै गएको सरकारले सार्वजनिक, निजी र सहकारी क्षेत्रबाट पाँच वर्षमा ११४ खर्बभन्दा बढी लगानी हुने प्रक्षेपण गरेको हो ।

१६औं योजनाको मस्यौदामाथि छलफल गरी अन्तिम रूप दिन बिहीबार काठमाडौंमा राष्ट्रिय विकास परिषद् बैठक बस्दैछ । सोही बैठकमा राष्ट्रिय योजना आयोगले पाँच वर्षमा तीन क्षेत्रबाट हुने लगानी अनुमान सार्वजनिक गरेको हो ।

आयोगका अनुसार अर्थतन्त्रको प्राथमिक क्षेत्र कृषि, वन तथा मत्स्यपालन र खानी तथा उत्खनन्मा ७ खर्ब ६४ अर्ब ८० करोड रुपैयाँ लगानी हुनेछ ।

द्वितीय क्षेत्र (उत्पादनदेखि निर्माणसम्म)मा पाँच वर्षभित्र २५ खर्ब ३० अर्ब ९९ करोड र तृतीय क्षेत्र (सेवा)मा ५९ खर्ब ३५ करोड रुपैयाँ लगानी हुने आयोगको अनुमान छ ।

यी क्षेत्रमा प्रचलित मूल्यमा सार्वजनिकबाट ३०.२, निजीबाट ६७.२ र सहकारीबाट २.६ प्रतिशत लगानी प्रक्षेपण गरिएको छ ।

अर्थतन्त्रका तीन क्षेत्रमा हुने लगानी र स्रोत अनुमान :


स्रोत : राष्ट्रिय योजना आयोग ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ३ : १९ बजे

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत– भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की– पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति

इरानमा बढ्दो महँगीविरुद्ध प्रदर्शन, तीन जनाको मृत्यु

इरान – इरानमा बढ्दो महँगीविरुद्ध जारी विरोध प्रदर्शन रोकिएको छैन।