खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली | Khabarhub Khabarhub

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका-१ मा कम्तीमा १३ घर जलेका छन् । आगलागीबाट ११ परिवारको विचल्ली भएको छ ।

बुधबार दिउँसो स्थानीय सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा खाली तीनवटासहित १३ घर, ७ वटा मतान, २ वटा गोठ, १ वटा बाख्राको खोर र एउटा भान्सा घर जलेका हुन् ।

डढेलोले बराहपोखरीको भिरगाउँका मोहनलाल थापा मगरका दुईवटा घर र मतान, पूर्णबहादुर मगरको एउटा घर र तीनवटा मतान, भद्रसिं हमगरको घर र दुई वटा गोठ जलेका छन् ।

त्यस्तै सुवास थापा मगरको घर र मतान र मदन थापा मगरको घर जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काले बताए ।

डढेलोले दान्सिङटारका गंगामाया मगरका दुईवटा घर र दुईवटा मतान, ४० वटा बाख्रा, आधा तोला सुन तथा नगद ५० हजार लगायत जलेको छ ।

वडाध्यक्ष ढकबहादुर कार्कीले खोर्सानेका सुमन मगर र गहतेका लेखराज खतिवडाको घर पनि जलेको बताएका छन् । डढेलोले डाँडाखर्कका होमबहादुर कटुवाल र पदमबहादुर कटवालको खाली घर पनि जलेको छ । खोर्सानेका छकुमार राईको घरसमेत जलेको छ ।

प्रहरीका अनुसार स्थानीय रक्तमाला सामुदायिक वनमा लागेको डढेलेले भञ्ज्याङका बमबहादुर मगरको भान्छा घर र बाख्राको खोर जलेको छ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ३ : १० बजे

मेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१