भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण  « Khabarhub

भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण 


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

भारतको केन्द्रीय चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीलाई आचार संहिता उल्लंघनको आरोपमा पत्र पठाएको छ ।

आयोगले दुवै नेताले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर भाजपा र कांग्रेस अध्यक्षमा नाममा पत्र पठाएको हो ।

कांग्रेस र भाजपा दुवैकोतर्फबाट एक-अर्का नेताहरुविरुद्ध चुनावी प्रचारका क्रममा घृणा फैलाउने, धर्म, जाति, समुदाय र भाषाको आधारमा विभाजित गर्न खोजेको आरोप लगाइएको छ ।

दुवै पार्टीको तर्फबाट एकअर्काविरुद्ध चुनाव आयोगमा उजुरी परेको थियो ।

त्यसपछि चुनाव आयोगले कांग्रेस प्रमुख मल्लिकार्जुन खड्गे र बीजेपी अध्यक्ष जगत प्रकाश नड्डालाई पत्र पठाउँदै २९ अप्रिलसम्म जवाफ दिन भनेको छ ।

चुनाव आयोगले त्यस पत्रमा राष्ट्रिय पार्टी भएका नाताले चुनाव प्रचारका क्रममा आदर्श आचार संहिताको पालनालाई लिएर मानक बनाउन दुवै  नेतालाई भनेको छ ।

तर आयोगले दुई नेताले कुन चुनावी अभियानका क्रममा आचारसंहिता उल्लंघन गरेको कुरा भने खुलाएको छैन । आयोगले दुवै नेताहरू आफ्नो भाषणका लागि जिम्मेवार हुनुपर्ने कुरामा पनि सचेत गराएको हो ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ३ : ३२ बजे

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा