टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने ! « Khabarhub

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ । जापानमा प्रदर्शनको अधिकार पाएको ‘लाइफ अफ फ्रेन्ड गुप्र’का खिम राज शाहका अनुसार टोकियोमा मे २६ बाट फिल्म प्रदर्शनमा आउनेछ । 

टोकियोका दर्शक भने पल शाहसँगै बसेर फिल्म हेर्न पाउने भएका छन् । शाहका अनुसार मे २६ मा त्यहाँस्थित नाकानो जेरो हलमा हुने शोमा पल सहभागी हुने कार्यक्रम पक्का भएको छ । 

शाहका अनुसार टोकियोसहित जापानका प्रमुख दुई दर्जन सहरमा चलचित्र एक साथ प्रदर्शनमा आउँदै छ । बाँकी केही स्थानमा प्रदर्शन मिति छिट्टै सार्वजनिक गर्ने तयारी रहेको शाहले बताए । 

मल्टिस्टार फिल्म ‘पुजार सार्की’ नेपालमा जेठ १० बाट प्रदर्शनमा आउँदै छ । तीन नायक आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह यस फिल्मको मुख्य भूमिका छन् । 

यस फिल्ममा नायिकाद्वय परीक्षा लिम्बू र अञ्जना बराइली पनि मुख्य भूमिकामा रहेका छन् । वर्षकै प्रतीक्षित फिल्मका रुपमा ‘पुजार सार्की’ले चर्चा बटुलेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ४ : ४५ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक