मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी « Khabarhub

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको भाषणलाई लिएर निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी गरेको छ । निर्वाचन आयोगले अप्रिल २९ गते बिहान ११ बजेसम्म दुवै दलसँग जवाफ मागेको हो ।

भाजपा र कांग्रेस दुबै पार्टीले एकअर्काका नेताहरूविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका थिए र उनीहरूलाई धर्म, जात, सम्प्रदाय र भाषाको नाममा जनतामा घृणा फैलाउने र पृथकतावादलाई बढावा दिएको आरोप लगाएका थिए ।

आयोगले जनप्रतिनिधित्व ऐनको दफा ७७ को अधिकार प्रयोग गर्दै स्टार प्रचारकको आचरणमा पार्टी अध्यक्षलाई जिम्मेवार ठहर गर्दै दुवै दलका अध्यक्षलाई नोटिस जारी गरेको छ ।

प्रधानमन्त्री मोदीले केही दिन अघि राजस्थानको एक र्‍यालीमा भनेका कांग्रेस सत्तामा आयो भने अल्पसंख्याकहरुलाई जनताको सम्पत्ति बाँड्ने बताएका थिए । यस मामिलामा कांग्रेसले निर्वाचन आयोगलाई मोदीको बयान विभाजनकारी र द्वेषपूर्ण र यो आचारसंहिताको स्पष्ट उल्लङ्घन भएको अपील गरेको थियो । 

भाजपाले अप्रिल २२ मा कांग्रेस नेता राहुल गान्धीविरुद्ध निर्वाचन आयोगमा उजुरी पनि दायर गरेको थियो । भाजपाले गान्धीले देशमा गरिबी बढाउने झूटा वाचा गरिरहेको बताएको थियो । भाजपाले राहुल गान्धीले भाषा र क्षेत्रका आधारमा देशमा विभाजन र चुनावी वातावरण बिगार्ने प्रयास गरेको आरोप लगाएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ५ : ३१ बजे

चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड

बेइजिङ– चीनले राज्य नियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्व कार्यकारीलाई भ्रष्टाचारको

पाकिस्तानमा भएको आक्रमणमा, छ जनाको मृत्यु, छ घाइते

इस्लामाबाद– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार आतङ्ककारीहरूले सुरक्षा फौज

दूरसञ्चार, अर्थतन्त्र र डिजिटल भविष्य

नेपालमा दूरसञ्चारको इतिहास एक शताब्दीभन्दा लामो छ। प्रविधिको विकाससँगै मोबाइल

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (तस्बिरहरू)

काठमाडौं– आज डिसेम्बर ९, भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस ।  सो अवसरमा ट्रान्सपरेन्सी

पानी बोकेरै जवानी गयो…

कालिकोट– देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविच्छिन्न बगिरहेको छ