नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास  | Khabarhub Khabarhub

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको छ ।

भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको सेमुलेशन अभ्यास कार्यक्रममा उपमेयर चित्रसेन अधिकारी, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर लगायत सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृत, जिल्ला सुरक्षा समितका पदाधिकारी, विभिन्न संघसंस्थाका पदाधिकारीहरू र स्थानीयको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. १७ गण चितवन, नं. १४ गण मकवानपुर र आश्रित गुल्म धादिङ्गबाट खटिएको गोताखोरसहितको टोलीले मोटर बोट, राफ्ट बोट लाइफ बोट थ्रो ब्याग जस्ता विपद् सामाग्रीको प्रयोग गरी नदिमा बगिरहेका व्यक्तिहरूको उद्धार तथा नारायणी पुलबाट स्लेदरिङ्ग विधिको प्रयोग गरी उद्धारकर्ताहरू झरेर कसरी नदिमा बगेका व्यक्तिहरूको उद्धार गरिन्छ भन्ने अभ्यासहरू समेत देखाएका थिए ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी चितवनको सहभागितामा मौसमजन्य विपद् प्रकोपको प्रतिकार्य तथा वाटर रेस्क्यु सम्बन्धी कृतिम अभ्यास गर्नुकासाथै उद्धार गरिएका घाइतेहरूलाई मेडिकल रेस्पोन्डर र रेडक्रस सोसाइटीका प्रतिनिधिहरूको सहयोगमा मास क्याजुएल्टी भेइकलद्धारा अस्पताल पठाउने उपायहरूको समेत डेमोस्ट्रेसन गरिएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ७ : ५९ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र