सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक | Khabarhub Khabarhub

सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती लोकमार्गको काममा ढिलाइ भएको छ । पर्याप्त बजेट नहुँदा सो लोकमार्ग निर्माण सुरु भएको १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्रयाक खुलेको छ ।

जम्मा दुई सय चार किलोमिटर लम्बाइ रहेको उक्त सडकको ७८ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । कैलाली खण्डमा ७२ किलोमिटरमध्ये तीन किलोमिटर सडकको ट्रयाक खोल्न  बाँकी  छ । 

कैलालीको टीकापुरदखि चैनपुरसम्म डोटी, बझाङ र अछाममा रेखांकन गरिएका कतिपय ठाउँमा ट्रयाक खोल्न बाँकी रहेको आयोजना प्रमुख पुजन गिरीले बताए। अछाममा ८० किलोमिटरमध्ये २३ किलोमिटर सडकको ट्रयाक खोल्ने काम बाँकी रहेको प्रमुख गिरीले जानकारी दिए ।

उनका अनुसार बाजुराको मेडासैनदेखि राना गाउँसम्मको १२ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । सो सडकखण्डमा पर्ने कतिपय ठाउँमा रुख कटानीका कारण ट्रयाक खोल्ने काम अघि नबढेको हो । चैनपुरदेखि उरै भञ्ज्याङसम्म भौगोलिक विकटताका कारण काम गर्न समस्या भइरहेको आयोजना प्रमुख गिरीले बताए ।

चालु आर्थिक वर्षमा सो सडकका लागि रु १४ करोड बजेट विनियोजन गरिएको थियो । सडकमा पर्ने पुल निर्माणका लागि चालु आवमा रु तीन करोड विनियोजन गरिएको थियो । पुल निर्माण सम्पन्न भएपनि बजेट अभाव भएकाले भुक्तानी दिन नसकिएको प्रमुख गिरीले बताए । 

कैलाली, डोटी, अछाम, बझाङ र बाजुरालाई जोड्दै ताक्लाकोट सीमा नाका जोड्ने यो लोकमार्ग उत्तर-दक्षिण जोड्ने रणनीतिक महत्व बोकेको सडक हो । यो लोकमार्ग धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण चीनको मानसरोवर पुग्ने छोटो मार्ग हो । 

आव २०६५-६६ मा निर्माण सुरु गरिएको यो लोकमार्ग नेपाल सरकारको प्राथमिकताको आयोजना भनिएपनि काम सुस्त बनेको हो । 

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १२ : ३४ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र