अढाई वर्षीया नाबालिका भारतीयलाई बेचियो, पाल्ने जिम्मा लिएकी महिला पक्राउ « Khabarhub

अढाई वर्षीया नाबालिका भारतीयलाई बेचियो, पाल्ने जिम्मा लिएकी महिला पक्राउ


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकजना अढाई वर्षीया नाबालिकालाई भारत लगेर बेचेको खुलेको छ ।

अढाई वर्षीया ती नाबालिकालाई बेचबिखन गरेको अभियोगमा प्रहरीले ललितपुरको गोदावरी नगरपालिका-१३ घर भई काठमाडौंको जडीबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

विश्वकर्माले मकवानपुरको एक परिवारकी नाबालिकालाई होस्टेलमा राखेर पढाइदिने प्रलोभन देखाएर काठमाडौंस्थित आफ्नै घरमा राखेकी थिइन् ।

काठमाडौं ल्याइएकी ती नाबालिकालाई उनले भारतको सिलगुडीबाट आएकी साथीलाई सुम्पिएको खुलेको थियो ।

उनले नाबालिकालाई भारतको सिलगुडीस्थित साथीलाई बेचेको सूचनाको आधारमा राष्ट्रिय बालबालिका खोजतलास केन्द्र तथा राष्ट्रिय बाल अधिकार परिषद्को पहलमा खोजतलास थालिएको थियो ।

ती बालिकाको उद्दार गरेर हाल सुरक्षित आवासगृहमा राखिएको प्रहरीले जनाएको छ । मानवबेचबिखन

अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले विश्वकर्मालाई काठमाडौंको भृकुटीमण्डपबाट पक्राउ गरेर हिरासतमा लिएको छ ।

उनीविरुद्ध मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान
गरिरहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १२ : ५५ बजे

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

दाङ– आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही