बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री  | Khabarhub Khabarhub

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

प्राविधिक ज्ञान र सीपलाई विशेष जोड दिन प्रधानमन्त्रीको निर्देशन


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताएका हुन् ।

‘युवा–विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराई बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरुरी देखिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रविधिमा आधारित नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी अध्ययन गराउनुपर्छ । समृद्धिसँग जोड्ने व्यावसायिक शिक्षाको खाँचो बढ्दै गएको छ ।’

युवा सहभागिताबिना देशलाई समृद्धितर्फ अगाडि बढाउन नसकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले युवा लक्षित उद्यमशीलता र नवप्रवर्तन तथा मानव संशाधान विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जनामा विशेष जोड दिए ।

‘युवा जोश, जाँगरयुक्त ज्ञान, सीप र क्षमतालाई देशले नियालिरहेको छ र योगदान खोजिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कूल जनसङ्ख्याको करिब ४० प्रतिशत युवा जनसाङ्ख्यिक लाभ नेपालले लिन सक्नुपर्छ र हामीले यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्नै पर्छ ।’

शैक्षिक क्षेत्रको उन्नयनमा आमूल रूपान्तरण गर्न नसक्नु दुःखद विषय भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले शैक्षिक प्रणाली र यसले सिर्जना गरेको शैक्षिक बेरोजगारीको अवस्थालाई परिवर्तन गर्न जरुरी रहेको बताए ।

लामो समयदेखि विद्यालय तथा विश्वविद्यालय तहमा सिकाउनेभन्दा रटाउने शिक्षा पद्धति चलिरहेको अनुभूति हुने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्राविधिक ज्ञान र सीपलाई विशेष जोड दिन निर्देशन दिए ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १ : ३९ बजे

मौद्रिक नीतिपछिको पुँजी बजार : नेप्से परिसूचकमा ३१ अङ्कको सुधार

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग

काठमाडौं– असारको अन्तिम सातासम्म पनि मधेसका केही जिल्लामा वर्षा नहुँदा

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन

काठमाडौं महानगरको नगरसभा : आगामी वर्षको बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै