नेपालीको सपना अब पूरा हुन्छ : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

नेपालीको सपना अब पूरा हुन्छ : प्रधानमन्त्री ओली


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले चाहेको विकास र समृद्धिको चाहाना अब पूरा हुने बताएका छन् । ६९ औ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले दशकौंदेखि आम नेपालीले लिएको समृद्ध नेपाल निमाणको चाहानालाई पूरा गर्ने बिन्दुमा आफूहरु आइपुगेको बताए ।

जनचाहाना अनुसार नै वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान अघि बढाएको भन्दै यो लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि सरकार केन्द्रित भएको बताए ।

‘निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकाशका विरुद्ध केन्द्रित भएका छौँ’, सन्देशमा प्रधानमन्त्रीले उल्लेख गरेका छन्, ‘हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौँ।’

प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तिका लागि ज्यानको बलिदान गर्ने सबैमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ८ : ०९ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते