‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु « Khabarhub

‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका चलचित्र  ‘खुस्मा’को दोस्रो चरणको  छायांकन सुरु भएको छ । निर्माण पक्षले पूर्वी रुकुमको मैकोटबाट दोस्रो सुरु गरेको हो ।

निर्देशक अशोक थापा मगरका अनुसार बिहीबारबाट पुन मगर जातीको उद्गम स्थल रुकुमको मैकोट छायांकन सुरु गरिएको हो ।  मैकोट अभिनेता धिरजको जन्मथलोसमेत हो ।

त्यहाँपछि टकसेरा र पोखरामा छायांकनको तालिका रहेको निर्देशक मगरले बताए । गत माघमा यस चलचित्रको पहिलो चरणको छायांकन मनाङमा भएको थियो ।

 मगर समुदायको परिवेशमा निर्माण यस चलचित्र जनयुद्धको प्रभावबीच अंकुराएको प्रेमकथामा आधारित रहेको निर्माण पक्षले बताएको छ ।

सिनेमामा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्देशक मगर स्वयंले लेखेका हुन् । चलचित्रमा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगरको संयुक्त लगानी रहेको छ । मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी सह निर्माता हुन् भने मोहन राई कार्यकारी निर्माताको जिम्मेवारीमा छन् ।

चलचित्र असोज ३ गतेबाट विश्वभर एकसाथ प्रदर्शन हुने बताइएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ४ : ५१ बजे

एसियाली छनोट : चीनसँग हुने आजको खेल जित्नै पर्ने दबाबमा महिला टिम

काठमाडौँ – मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल

पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि : आर्सनल टाइब्रेकरमा पराजित

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो सिजन

आईपीएल फाइनलमा आज आरसिबी र गुजरातको प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल

एसियाली छनोट : दीपेन्द्रको कप्तानीमा रहेको नेपाल आज चीनसँग भिड्दै

काठमाडौँ – एसियाली खेलकुद छनोट अन्तर्गत आइतबार नेपालले पहिलो खेलमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर