तरलता सहज भएको छ, आर्थिक गतिविधि बिस्तारै बढ्छ : गभर्नर अधिकारी « Khabarhub

तरलता सहज भएको छ, आर्थिक गतिविधि बिस्तारै बढ्छ : गभर्नर अधिकारी


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु खाता र शोधनान्तर बचतमा रहेकाले तरलता स्थितिमा उल्लेख्य सुधार आएको बताएका छन् ।

नेपाल राष्ट्र बैंक स्थापनाको ६९ औँ वार्षिक उत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले शोधनान्तर बचत र मूल्यमा परेको चाप कम हुँदै गएकाले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै समेत बताए । यसबाट आर्थिक गतिविधिमा क्रमिक सुधार हुने अपेक्षा रहेको उनले बताए ।

आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा असुली केही प्रभावित भई निष्क्रिय कर्जा अनुपात बढ्दै गएको गएको भए पनि बैंकिङ प्रणालीमा तरलता सहज भएको र कर्जाका ब्याजदरसमेत क्रमशः घट्दै गएको सन्दर्भमा आगामी दिनमा कर्जा असुली सहज हुँदै जाने अपेक्षा रहेको उनले बताए ।

उनले समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहे तापनि यो वर्ष बाह्य क्षेत्रमा सुधार भई विदेशी विनिमय सञ्चिति सहज राख्न, मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न, भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न बैंक सफल रहेको बताए ।

उनले विप्रेषण आप्रवाह उल्लेख्य बढेको तथा आयात घटकोले चालु खाता एवम् शोधनान्तर बचत कायम भई तरलता व्यवस्थापन गर्न र ब्याजदरमा परेको चाप कम गर्न सहयोग पुगेको जानकारी दिए । उपलब्ध तरलता र कर्जाको घट्दो ब्याजदरका कारण आर्थिक गतिविधि बढाउन आधार सिर्जना भएको उनले बताए ।

बैंक तथा वित्तीय संस्थाहरूलाई एक आपसमा गाभ्न/गाभिन प्रोत्साहन गर्ने बैंकको नीतिगत व्यवस्थालाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको उनले बताए । कार्यक्रममा रेमिट्यान्स भित्राउने  ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र नेपाल एसबीआई बैंकलाई सम्मान गरेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ५ : २७ बजे

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा

अचानक कतार पुगे इरानी विदेशमन्त्री, अमेरिकासँग तनावबीच उच्चस्तरीय भ्रमण

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार पूर्वघोषणाबिनै कतारको राजधानी दोहा

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक पोखरामा

काठमाडौं– नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप

संसद् दुई साताका लागि स्थगित, साउन १४ गते बस्ने

काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।