कोरोनाबाट ज्यान गुमाएका तीन जनाको १ हजार दिनपछि अन्त्येष्टि « Khabarhub

कोरोनाबाट ज्यान गुमाएका तीन जनाको १ हजार दिनपछि अन्त्येष्टि


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरमा सन् २०२० मा कोरोना भाइरसका कारण ज्यान गुमाएका तीनजनाको १०० हजार दिनपछि अन्तिम संस्कार गरिएको छ ।

यी तीन शव राजधानीको बाबा साहेब भीमराव अम्बेडकर अस्पतालका बेवारिसे थिए । ती शव सडेर कंकाल भइसकेको अवस्थामा बिहीबार दाहसंस्कार गरिएको हो ।

प्रशासनिक अधिकारीका अनुसार अघिल्लो महिना रायपुरको एक पत्रिकाले सबैभन्दा पहिले राज्यको सबैभन्दा ठूलो अस्पतालमा पीपीई किटभित्र तीनवटा बेवारिसे शव हजार दिनभन्दा लामो समयदेखि सडेको अवस्थामा रहेको समाचार छापेको थियो ।

यी शव महिला या पुरुष कसका हुन् भन्ने पनि पहिचान हुन सकेको थिएन । यस खबरपछि अस्पताल प्रशासनले त्यसमा ध्यान दिएको थियो ।

समाचार अनुसार कोरोनाबाट ज्यान गुमाएका शवको अन्त्येष्टिका लागि जिल्ला अधिकारीको अनुमति चाहिन्थ्यो । यसका लागि अस्पतालले जिल्ला अधिकारीलाई पत्र पनि लेख्यो तर कहिल्यै अनुमति मिलेन ।

त्यसपछि यी शव पीपीई किटमै राखिएका यी शव सडेर कंकाल बनिसकेका थिए ।

समाचार अनुसार पीपीई किटलाई खोलेर हेर्दा मृत्यु भएका व्यक्तिको सम्बन्धित जानकारी पनि राखिएको थियो ।

यी पत्रअनुसार मृतकमध्ये एकजना महिला थिइन् । त्यसपछि उनीहरूका परिवारलाई खबर गरिएको थियो ।

बिहीबार परिवारजनले सहमति दिएपछि कोरोनासम्बन्धी प्रोटोकाल पालना गर्दै स्थानीय घाटमा तीनै शवलाई जलाइएको हो ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : २९ बजे

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट