आठ महिनामा सम्पत्ति शुद्धीकरणका ३८ सय ६९ उजुरी « Khabarhub

आठ महिनामा सम्पत्ति शुद्धीकरणका ३८ सय ६९ उजुरी


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालू आर्थिक वर्षका आठ महिनामा सम्पत्ति शुद्धीकरण (कालोधन चोख्याउने) का ३८ सय ६९ वटा उजुरी परेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यी उजुरी २०८० साउनदेखि फागुन मसान्तसम्म परेको हो ।

सम्पत्ति शुद्धीकरण निवारण तथा वित्तीय जानकारी वित्तीय जानकारी इकाइका अनुसार प्राप्त भएका शङ्कास्पद कारोबार/गतिविधि प्रतिवेदनमध्ये ९७५ वटाको विश्लेषण भएको छ ।

४०८ उजुरीलाई पछि अन्य कुनै सूचना प्राप्त भएमा पुनः विश्लेषण गर्नेगरी अभिलेखीकरण गरिएको र ५६७ वटा प्रतिवेदन अनुसन्धान/अनुगमनका लागि अनुसन्धानकारी/नियामक निकायमा पठाइएको राष्ट्र बैंकले जानकारी दिएको हो ।

केन्द्रीय बैंकले सम्पत्ति शुद्धीकरणमा थप निगरानी गर्न सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरू, जीवन/निर्जीवन बीमा, लघु बीमा तथा पुनर्बीमा कम्पनी, विप्रेषणसम्बन्धी कार्य गर्ने संस्था, धितोपत्र व्यवसायी, लघुवित्त र सहकारी संस्थालाई वित्तीय जानकारी इकाइमा आबद्ध गराएको जनाएको छ ।

भुक्तानीसम्बन्धी कार्य गर्ने संस्था, मुद्रा सटहीसम्बन्धी कार्य गर्ने संस्था, क्यासिनो व्यवसाय, बहुमूल्य धातु तथा पत्थरसम्बन्धी कारोबार गर्ने व्यवसाय, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, घर जग्गा खरिद बिक्री व्यवसायीलगायत जम्मा १,४८१ वटा सूचक संस्थालाई वित्तीय जानकारी इकाइ आबद्ध गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

इकाइले यस अवधिमा संयुक्त अरब इमिरेट्सको फाइनान्सियल इन्टेलिजेन्स युनिट, यूएईसँग छुट्टाछुट्टै सूचना आदानप्रदान सम्बन्धी समझदारीपत्र (एमओयूमा)मा पनि हस्ताक्षर गरिसकेको छ ।

यस्तो सूचना सूचना आदानप्रदानका लागि नेपालले हालसम्म १९वटा विदेशी वित्तीय सूचना इकाइ (एफआइयू) हरूसँग हस्ताक्षर गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : ४९ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण