झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई | Khabarhub Khabarhub

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो बारेमा आधारहीन र झुटो समाचार सम्प्रेषण भएको भन्दै भर्त्सना गरेका छन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै न्यायाधीश भट्टराईले आधारहीन, झुटो र जनतामा भ्रम छर्ने उदेश्यबाट समाचार सम्प्रेषण गरिएको भन्दै भर्त्सना गरेका हुन् ।

उनले आफ्नो ४३ वर्षे न्यायिक यात्रा खुला किताबजस्तै रहेको समेत उल्लेख गरेका छन् । स्टिङ अपरेसनसम्बन्धी मुद्दाका कुनै पक्षसँग आफूले भेटघाट नगरेको उनकाे भनाइ छ ।

शुक्रबार बिहान सिधाकुरा नामक सामाजिक सञ्जालले ‘चार सय मुद्दा मिलाउन गोप्य डिल’ शिर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।

न्यायाधीश भट्टराईले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आज सिधा कुरा भन्ने सामाजिक संजालमा प्रसारित समाचारमा मेरो नाम जोडिएकोमा म आश्चर्यचकित र स्तब्ध भएको छु । मेरो करिब ४३ वर्षको न्यायिक यात्रा खुला पुस्तक जस्तै छ । जुन मुद्दाको प्रसंगमा मलाई जोडियो सो मुद्दामा म संलग्न थिइनँ भन्ने कुरा उक्त मुद्दामा भएको फैसलाले नै बोलेको छ । त्यतिमात्र नभई जुन समयमा संवैधानिक इजलासबाट सो फैसला भयो सो अवधिमा मलाई संवैधानिक इजलासमा विरलै राखिएको कुरा पनि स्पष्ट गर्दछु । साथै स्टिङ्ग अपरेशनमा संवैधानिक इजलासबाट फैसला भएपश्चात् मसहितको संयुक्त इजलासबाट गरिएका कैयौं फैसलाहरूले सो विषयमा मेरो न्यायिक धारणा व्यक्त गरेका छन् । उल्लिखित विषयमा मैले कसैलाई भेटेको वा कहींकतै उपस्थित रहेको भन्ने कुरा नै तथ्यहीन छ । यस्तो आधारहीन, झुठो र जनतामा भ्रम छर्ने कुत्सित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु ।’

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ९ : २२ बजे

समयमै आयोजना सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन, निजी लगानीकर्तासँग सहकार्य बढाउने तयारी

काठमाडौं– जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले मन्त्रालयका आगामी योजनाहरू

चीनमा पहिलो अन्तर्राष्ट्रिय ‘ह्युमनोइड रोबोट’ खेलको प्रतिस्पर्धा सुरु

बेइजिङ- विश्वकै पहिलो ‘ह्युमनोइड रोबोट’ खेलको प्रतिस्पर्धा शुक्रबारदेखि बेइजिङमा सुरु

कुमारी बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटल, नयाँ दिल्लीबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल

अलास्का शिखर सम्मेलनमा रुसले स्पष्ट धारणा प्रस्तुत गर्नेछ : लाभरोभ

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

वराहक्षेत्र दर्शन गर्न आएका भक्तजनको भीरबाट झरेको ढुङ्गाले लागेर मृत्यु

सुनसरी- सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित वराहक्षेत्र दर्शन गर्न आएका भक्तजनको