भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा « Khabarhub

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको दोस्रो सेमिफाइनलमा सहलेश युवा क्लब सिरहालाई २–१ गोलअन्तरले हराउँदै चर्च ब्वाइज युनाइटेड काठमाडौँले फाइनलको यात्रा तय गरेको हो ।

खेलको ३१औँ मिनेटमा सहलेश युवा क्लबका तर्फबाट आशीष चापागाईंले गोल गर्दै टोलीलाई अग्रता दिलाए तर ब्वाइज युनाइटेडका लागि नवीन लामाले ४३औँ मिनेटमा ‘पेनाल्टी’मार्फत गोल गरेपछि पहिलो हाफमा खेल बराबरीमा पुगेको थियो ।

खेलको अतिरिक्त समय ब्वाइज युनाइटेडका लागि अर्मानले गोल गरेपछि टोली फाइनलमा प्रवेश गरेको हो । ‘प्लेयर अफ दी म्याच’ चर्च ब्वाइजका अवोयोमी भए । उनले रु पाँच हजार र पदक प्राप्त गरे ।

कूल आठ टोलीको सहभागी प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइलनमा भगवती स्पोर्टस क्लब खोटाङलाई ‘पेनाल्टी सुट आउट’मा हराउँदै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको थियो ।

उपाधिका लागि शनिबार त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँ बीचमा प्रतिस्पर्धा हुने छ । प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः रु पाँच लाख र रु तीन लाख पाउनेछन् ।

यही वैैशाख ९ गतेदेखि सुरु प्रतियोगितामा ‘ए’ डिभिजनका दुई टोली त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज युनाइटेड, भारतको जर्जियन फुटबल क्लब, खोटाङ भगवती स्पोर्ट्स क्लब, सलहेश युवा क्लब सिरहा, राजारानी फुटबल क्लब धनकुटा, डाँगिहाट युथ क्लब मोरङ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ गरी आठ टोलीको सहभागिता थियो ।

भोजपुर जिल्ला फुटवल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता भइरहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १० : ३२ बजे

बेथानचोकमा ‘प्राकृतिक स्वास्थ्योपचार’ कार्यक्रम

काभ्रेपलाञ्चोक– बेथानचोक गाउँपालिकाले ‘प्राकृतिक स्वास्थ्य उपचार’ (नेचर वेलनेस थेरापी) कार्यक्रम

‘प्रधानमन्त्रीले संसद्‍बाटै झुटो बोले, नेपालले भारतको सीमा मिचेको प्रमाण छैन’

काठमाडौं- सांसदहरूको प्रश्नबाट भाग्दै आएका प्रधानमन्त्री वालेन्द्र शाह आइतबार नाटकीय

नेपालले भारतीय भूमि मिचेको भनेपछि बालेनप्रति हर्कको आक्रोश : ‘हुतीहारा’

 काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले अविरल वर्षाका कारण जनतामा परेको समस्या, महँगी

बाह्र वर्षमुनिका बालबालिका पनि चुरोटको लतमा

काठमाडौं– बालबालिकामा पनि सुर्तीजन्य पदार्थ सेवन गर्ने लत रहेको पाइएको