बाल यौन दुराचारका आरोपी अमेरिकी अर्बपतिद्वारा जेलभित्रै आत्महत्या « Khabarhub

बाल यौन दुराचारका आरोपी अमेरिकी अर्बपतिद्वारा जेलभित्रै आत्महत्या


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– बालयौन दुराचारको आरोपमा जेलमा परेका अमेरिकी अर्बपति व्यापारी जेफ्री एप्स्टाइनले शनिबार न्यूयोर्कको जेलभित्रै आत्महत्या गरेका छन् ।

अमेरिकाको संघीय कारागारका अनुसार शनिबार बिहान एप्स्टाइनलाई राखिएको कोठाबाट कुनै आवाज नआएपछि जाँच गर्दा उनको मृत्यु भएको पाइएको थियो । तत्कालै अस्पताल पु¥याइएका एप्स्टाइनको मुटुको चाल बन्द भएको भन्दै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

एक बालिकाले गरेको उजूरीका आधारमा पक्राउ परेका जेफ्रीमाथि दर्जनौं बालिकामाथि यौन शोषण गरेको तथा अमेरिकी धनाढ्य एवं उच्च राजनीतिक व्यक्तिहरुलाई समेत यौन दुराचारका कार्यमा सघाएको गम्भीर आरोप लागेको छ ।

अमेरिकी सङ्घीय जाँच ब्युरो (एफबीआई) र न्याय मन्त्रालयले एप्स्टाइनले आत्महत्या गरे पनि यौन दुराचारको मुद्दाको अनुसन्धानलाई निरन्तरता दिने जनाएका छन् ।

६६ वर्षीय एप्स्टाइनलाई अदालतले पनि जमानत दिन अस्वीकार गरेको थियो । उनले आफू निर्दोश रहेको बताउँदै आएका थिए ।

कारागारका एक पदाधिकारीले एप्स्टाइनले कागारभित्र यसअघि नै आत्महत्या गर्न खोजेको देखिए पछि उनको हातको नाडीमा विशेष घडी जडान गरिएको बताएका छन् । आत्महत्या गर्नेक्रममा उनले हातको नाडीमा बाँधिएको घडी फुकालेको पाइएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  २ : २६ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग