भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव | Khabarhub Khabarhub

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

खजुरा– नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप भेरी अस्पतालमा गत चैत २२ गतेदेखि सकिँदा सर्वसाधारण चर्को मूल्य तिरेर निजी मेडिकलमा धाउन बाध्य भएका छन् । 

विपन्न तथा गरिब परिवारका सर्वसाधारणले निजी मेडिकलबाट चर्को मूल्यमा रेबिजविरुद्धको खोप किन्नुपर्दा मर्का परेको बताएका छन् ।

‘दैनिक ज्याला मजदुरी गरेर परिवारको पेट पाल्दैआएको छु, कुकुरले टोकेपछि निःशुल्क सुई पाइन्छ भनेर यहाँ आएँ, तर यहाँ सुई छैन, किनेर ल्याउन भने’, कुकुरले टोकेपछि खोप लगाउन भेरी अस्पताल आउनुभएका नेपालगञ्ज उपमहानगरपालिका–१७ परसपुरका ४१ वर्षीय यासिन अलिले भने, ‘मजस्तो दैनिक ज्यालादारी गरेर जीवन चलाउने मान्छे यति महँगोमा सुई किनेर लगाउन पर्दा मर्कामा छु ।’

अलिले अस्पताल बाहिर मेडिकलबाट रेबिजविरुद्धको एउटा खोपको रु छ सय २५ तिरेर किनेको बताए । निःशुल्क रुपमा सरकारले प्रदान गर्ने खोपलाई सर्वसाधारणले यति धेरै मूल्यमा किन्नुपर्दा मर्कामा परेको उनको भनाइ छ । त्यसैगरी राजापुर नगरपालिका-९ इश्वरीगञ्ज बर्दियाका हरिलाल थारूले पनि त्यति टाढाबाट नेपालगञ्ज आउँदा पनि निःशुल्क खोप नपाउँदा दुःख लागेको बताए । 

अस्पतालको एआरभी विभागमा कुकुर बिरालोले टोकेका दैनिक एक सयभन्दा बढी सर्वसाधारण नागरिक रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन् । 

उनका अनुसार गत चैत २२ गतेदेखि नै अस्पतालको एआरभी विभागमा रेबिजविरुद्धको खोप सकिएको छ । कुकरले टोकेपछि तीनवटा रेबिजिविरुद्धको खोप लगाउनुपर्ने उनले बताए। अस्पतालमा रेबिजविरुद्धको खोप प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउने गरेको र हाल सो स्थानमा पनि मौज्दात शून्य भएको जानकारी प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ । 

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १२ : ३५ बजे

एक वर्षमा १४ प्रतिशतले बढ्यो बिमा व्यवसाय, ४८ प्रतिशत जनसङ्‍ख्या बिमाको दायरामा

काठमाडौं– अघिल्लो आर्थिक वर्ष (आव) ०८०/८१ को तुलनामा गत आव

युवा पुस्तालाई धार्मिक बनाउन ‘क्रान्तिकारी भजन’

काठमाडौं– देउडा गायक सुरेश शाहीले नयाँ पुस्तालाई धार्मिक बनाउने सन्देश

साउदी अरेबियाबाट श्रम वैधानिकिकरण सुरु

काठमाडौं– श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरूको श्रम वैधानिकिकरण

‍प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ ल्याउने 

काठमाडौं– प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन

‘देशलाई नयाँ अवस्थामा अगाडी बढाउने उद्देश्यका साथ सरकार लागिपरेको छ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नयाँ अवस्थामा अगाडी बढाउने