निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ? « Khabarhub

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

‘कसुरको मात्रा हेरेर कारबाही हुन्छ’ : आयोग


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार मिलन लिम्बूलाई कसुरको मात्रा हेरेर कारबाही हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

रास्वपा उम्मेदवार लिम्बूले आज (शनिबार) भइरहेको उपनिर्वाचन मतदान क्रममा पार्टीको निर्वाचन चिह्न अंकित घण्टीको लोगो भएको ब्याच लगाएर मतदान गरेका थिए ।

उनले पार्टीको चुनाव चिह्न प्रष्ट देखिने ब्याच कोटको कलरमा झुण्ड्याएर इलामको माङसेबुङ-२, दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको ‘ख’ केन्द्रमा भोट खसालेका थिए ।

निर्वाचन आंचारहिताको १८ नम्बर बुँदाको ‘क’ मा राजनीति दल र उम्मेदवार प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन र ब्याच लगाउन नहुने स्पष्ट लेखिएको छ ।

इलाम-२ मा रास्वपा उम्मेदवार लिम्बूद्वारा आचारसंहिता उल्लङ्घन

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लिम्बूलाई जिल्ला निर्वाचन कार्यालयले सिफारिस गरेबमाेजिम कारबाही हुने बताए । उनले भने, ‘आचारसंहिताको उल्लङ्घन गर्नेलाई कसुरको मात्र हेरी कारबाही हुन्छ । आचारसंहिता उल्लङ्घनबारे कसुर अनुसार कारबाही हुने भनी लेखिएको छ ।’

थपलियाका अनुसार मतदान सकिएपछि, नतिजा सार्वजनिक भएपछि या विजयी भइसकेपछि पनि जिल्लाको सिफारिसबमोजिम निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही हुनेछ ।

यता जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले लिम्बूलाई स्पष्टीकरण सोधिसकेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १ : ५७ बजे

आईपीएल : बेंगलुरुलाई कोलकाताले दियो १९३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले रोयल

सीईओ पक्राउपछि एनएमबी बैंकले भन्यो : सबै प्रक्रिया कानुनसम्मत छ

काठमाडौं – स्मार्ट टेलिकम प्रा. लि. सँग सम्बन्धित कर्जा असुली

यी हुन् कायम भएका १८ मन्त्रालय (सूचीसहित)

काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला

कास्की – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट

हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए सूचना

त्रिशुली – नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर