वेस्टइन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको चुनौती « Khabarhub

वेस्टइन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको चुनौती


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंवेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा शनिबार टस हरेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजका कप्तानको रोस्टन चेस अर्धशतक प्रहार गर्न सफल भए ।  यस खेलमा सर्वाधिक रन प्रहार गर्ने वेस्टइन्डिजका ब्याटर उनी नै हुन् । उनले ९ चौका र दुई छक्काको सहयोगमा ४६ बलमा ७४ रन प्रहार गरे । 

ओपनर एलिक एथेनाजे प्रदर्शन सुखद रह्यो । उनले ५ चौका र तीन छक्काको सहयोगमा २५ बलमा ४७ प्रहार गरे । अर्का ओपनर जोनसन चार्ल्स दुई बल खर्च गरेर रनको खाता नखोली पभेलियन फर्किए । अर्का ब्याटर आन्द्रे फ्लेचर पनि खासै चल्न सकेनन् । उनी मात्र १३ रन जोडेर क्रिजबाट बाहिरिए ।

अर्को ब्याटर केसी कार्टीले २६ बलमा ३८ रन जोडे । उनले १५ बलमा दुई चौका प्रहार गरे ।

नेपालका लागि कमलसिंह ऐरी, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले समान १-१ विकेट लिए ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  २ : १६ बजे

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

काठमाडौं– आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान

सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न रास्वपाको अपिल, दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको कप्तानगञ्ज लगायतका

सुनसरीका सीडीओ भन्छन् : हुल बनाएर स्थानीय बाहिर निस्किए, मानवीय क्षति रोक्न बल प्रयोग गरेका छैनौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई