पृथ्वीका नदीमा कति बग्छ पानी ? यसो भन्छ नासा « Khabarhub

पृथ्वीका नदीमा कति बग्छ पानी ? यसो भन्छ नासा


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

एजेन्सी ( नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति पानी बग्छ भन्ने नयाँ अनुमान उपलब्ध गराएको छ । यो पृथ्वीको जलचक्र बुझ्न र यसको ताजा पानीको आपूर्ति व्यवस्थापन गर्न महत्त्वपूर्ण जानकारी हो ।

दक्षिणी क्यालिफोर्नियामा नासाको ‘जेट प्रोपल्सन प्रयोगशाला’ का अन्वेषकहरूले नयाँ विधि प्रयोग गरे । प्रयोगले ‘स्ट्रिम–गेज’ मापनलाई विश्वभरका करिब ३० लाख नदी खण्डहरूको कम्प्युटर मोडेलहरूसँग जोडेको छ ।  स्ट्रिम गेज स्ट्रिममा पानीको स्तरको उचाइ मापन गर्न प्रयोग गरिने उपकरण हो ।

नेचर जियोसाइन्समा हालै प्रकाशित अध्ययनले सन् १९८० देखि सन् २००९ सम्म पृथ्वीका नदीहरूमा पानीको कूल मात्रा औसतमा दुई हजार दुई ४६ घन किलोमिटर रहेको अनुमान गरेको छ ।

अन्वेषकहरूले अमेजन बेसिनमा विश्वको नदीको पानीको लगभग ३८ प्रतिशत रहेको अनुमान गरेका छन् । यो कुनै पनि जलविज्ञान क्षेत्रको मूल्याङ्कन गरिएको सबैभन्दा धेरै हो ।

पृथ्वीको जलचक्रमा मानव प्रभावको मापनमा सुधार गर्न सकियोस् भनेर अध्ययनका अनुमानहरूको तुलना अन्तर्राष्ट्रिय सतही जल र महासागर टोपोग्राफी (एसडब्ल्युओटी) उपग्रहको डाटाबाट गर्न सकिने नासाले शुक्रबार बताएको छ ।

सतही जल र महासागर टोपोग्राफी नासा, फ्रान्सेली अन्तरिक्ष एजेन्सी, क्यानाडाली स्पेस एजेन्सी र युनाइटेड किङ्गडम स्पेस एजेन्सी बीचको संयुक्त सहयोग हो । यी सर्वेक्षणद्वारा सङ्कलन गरिएका तथ्याङ्कहरूले विश्वभरको ताजा पानी व्यवस्थापनमा सहयोग गर्दै समुद्री परिसंचरण मोडेलहरू र मौसम पूर्वानुमानहरू सुधार गर्न सक्छन् ।

सन् २०२२ डिसेम्बरमा सुरु गरिएको अन्तर्राष्ट्रिय सतही जल र महासागर टोपोग्राफीले विश्वभर पानीको उचाइको म्यापिङ गर्ने र नदीको उचाइमा हुने परिवर्तनले भण्डारण र डिस्चार्जको मात्रा निर्धारण गर्ने तरिकाको प्रस्ताव गर्दछ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  २ : २७ बजे

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

काठमाडौं– आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान

सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न रास्वपाको अपिल, दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको कप्तानगञ्ज लगायतका

सुनसरीका सीडीओ भन्छन् : हुल बनाएर स्थानीय बाहिर निस्किए, मानवीय क्षति रोक्न बल प्रयोग गरेका छैनौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई