भारतका दुई मसाला ब्राण्डमाथि अमेरिकामा पनि अनुसन्धान शुरू « Khabarhub

भारतका दुई मसाला ब्राण्डमाथि अमेरिकामा पनि अनुसन्धान शुरू


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – हङकङ र सिङ्गापुरमा बिक्री प्रतिबन्ध लागेको भारतीय दुई मसाला ब्राण्ड एभरेष्ट र एमडीएचको गुणस्तरबारे अमेरिकामा पनि अनुसन्धान शुरू भएको छ ।

अमेरिकामा खाद्यपदार्थ गुणस्तर जाँच गर्ने सरकारी निकाय फूड एण्ड ड्रग एड्मिनिष्ट्रेशन (एफडीए) ले भारतीय कम्पनी उत्पादित मसालामाथि जाँच गरिरहेको जनाएको हो ।

हङकङले इथाइलीन अक्साइडको मात्रा अत्यधिक पाइएपछि भारतीय मसालामाथि प्रतिबन्ध लगाइसकेको छ । एभरेष्ट र एमडीएच ब्राण्डका केही उत्पादनको बिक्रीमा हङकङ प्रशासनले रोक लगाएको हो ।

लगत्तै सिङ्गापुरले पनि एभरेष्ट र एमडीएचका उत्पादन बिक्रीमा प्रतिबन्ध लगाइसकेको छ । भारतमा एमडीएच र एभरेष्ट सबैभन्दा चर्चित मसाला हुन् । यी ब्राण्डका मसाला भारतीय कम्पनीले यूरोप, एशिया र उत्तर अमेरिकी बजारमा बिक्री गर्ने गरेका छन् ।

मसलाको गुणस्तरमा प्रश्न उठेपछि एभरेष्टले आफ्ना उत्पादन सुरक्षित रहेको दाबी गरेको थियो । अमेरिकाले समेत अनुसन्धान थालेपछि भने एभरेष्टले हाल कुनै प्रतिक्रिया दिएको छैन ।

भारतीय खाद्य सुरक्षा अधिकारीले पनि यी दुबै कम्पनीको मसालाको गुणस्तर परीक्षण थालेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ४ : २७ बजे

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान

कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ?

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले गत भदौ २३ र

विभेदको कुरा गर्छौँ सदनभित्रै विभेद भयो : हर्क साम्पाङ

काठमाडौं– प्रतिनिधि सभामा आफ्नो पार्टीलाई छोटो समय दिएकोमा श्रम संस्कृति

राष्ट्रिय हितमा सरकारलाई सहयोग हुने छ : सांसद आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले राष्ट्रिय हितको विषयमा सरकारलाई सहयोग

रवि र बालेनलाई वर्षमानले भने, ‘हामीले बहुमत सदुपयोग गर्न सकेनौँ, शिक्षा लिनू’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले सरकारलाई रचनात्मक