आगामी वर्षको बजेट सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी « Khabarhub

आगामी वर्षको बजेट सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारको नीति तथा कार्यक्रमका आधारमा आगामी वर्षको बजेट आउने बताएका छन् ।

नेकपा एमाले बैतडी काठमाडौं सम्पर्क मञ्चको सम्मेलन उद्घाटन गर्दै मन्त्री भण्डारीले यसअघि सरकारको नीति र कार्यक्रम भन्दा फरक बजेट आउने गरेको सन्दर्भ उल्लेख गर्दै आगामी वर्षको बजेट सरकारको प्राथमिकता, नीति तथा कार्यक्रमका आधारमा आउने दावी गरे ।

सरकारमा रहेर निर्वाह गर्नुपर्ने भूमिकालाई सबैले मनन गरेको र जनताको निराशालाई चिर्दै अघि बढ्न सरकार क्रियाशील रहेको उनले बताए ।

उनले लगानी सम्मेलनमार्फत बाह्य र राष्ट्रिय पूँजीलाई उत्पादन, व्यवसायसँग जोड्नुपर्ने अहिलेको आवश्यकता रहेको धारणा राख्नुभयो । अहिलेको मुद्दा तथा सन्दर्भलाई सम्बोधन गर्ने कुरामा आफू प्रतिवद्ध रहेको उनको भनाइ छ । 

एमाले नेता समेत रहेका भण्डारीले एमालेको नीति, नेतृत्व र बिचारबाट मात्रै राष्ट्रले सही मार्ग समात्ने जिकिर गरे ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ५ : ५० बजे

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

काठमाडौं– आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान

सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न रास्वपाको अपिल, दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको कप्तानगञ्ज लगायतका

सुनसरीका सीडीओ भन्छन् : हुल बनाएर स्थानीय बाहिर निस्किए, मानवीय क्षति रोक्न बल प्रयोग गरेका छैनौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई