जसपा बैठक : राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित « Khabarhub

जसपा बैठक : राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित गरेको छ ।

पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका बारेमा टुङ्गो लगाउन कार्यदलले पेश गरेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका परिमार्जन सहित पारित गरेको जसपा प्रवक्ता मनिष सुमनले जानकारी दिए । 

विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुने उनले बताए । त्यस्तै प्रत्येक निर्वाचन क्षेत्रबाट दुई सय सदस्य बराबर एक प्रतिनिधि हुने गरि निर्देशिका पारित गरिएको प्रवक्ता सुमनले जानकारी दिए ।

 उनले जसपाको पहिलो महाधिवेशनले ७० प्रतिशत केन्द्रीय पदाधिकारी खुल्ला प्रतिष्पर्धाबाट र ३० प्रतिशत समावेशी प्रतिष्पर्धाबाट चयन गर्ने बताए ।

जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ । 

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ६ : ०६ बजे

सभामुखलाई विपक्षीले भने- प्रधानमन्त्रीबाट सीमाबारे स्पष्ट जवाफ नआएसम्म विरोध गरिरहन्छौँ

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नियमित रुपमा प्रधानमन्त्रीसँग

बालुवाटारमा लघुवित्तपीडित, प्रहरीले रोकेपछि सडकमै बसे (तस्बिरहरू)

काठमाडौं– आन्दोलनरत लघुवित्तपीडित बालुवाटारनजिक पुगेर प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरबाट

धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय बैठक

जनकपुरधाम- धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आच आउन

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा