बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने « Khabarhub

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । भौगोलिक कारण यहाँ कम मत खसेको हुन सक्ने निर्वाचन आयोगको भनाइ छ ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार भौगोलिक विकटताका कारण आज नै जिल्लामा मतपेटिकाहरू संकलन गर्न नसकिएको हो । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बझाङका तीन मतदान स्थलको मतपेटीका बाहेक अन्य मतपेटीका आज रातिसम्ममा आइपुग्नेछ ।

साइपाल गाउँपालिकाको धूली, काँडा र एराङकुरीडाँडाको मतपेटिका हेलिकोप्टरबाट आज ल्याउन नसकिएको उनले बताए। मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १० बजे भित्र ढुवानी भइसक्ने छन् । त्यसपछि मात्र बझाङको मत गणना शुरु हुने आयोगले जनाएको छ ।

यता इलाममा भने आज राती नै मतपेटिका संकलन भइसक्ने आयोगले जनाएको छ । इलाममा आज रातीदेखि नै मतगणना गर्ने तयारी भइरहेको छ ।

शनिबार सम्पन्न मतदानमा इलाम–२ मा करिब ५८ प्रतिशत र बझाङ प्रदेश १ मा ५० प्रतिशत मतदान भएको छ ।यस उपनिर्वाचनमा इलाम–२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं१ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए ।

यसअघि २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम-२ मा ५९.७८ प्रतिशत तथा बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा ५२.९८ प्रतिशत मतदान भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ९ : ४२ बजे

बालुवाटारमा लघुवित्तपीडित, प्रहरीले रोकेपछि सडकमै बसे (तस्बिरहरू)

काठमाडौं– आन्दोलनरत लघुवित्तपीडित बालुवाटारनजिक पुगेर प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरबाट

धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय बैठक

जनकपुरधाम- धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आच आउन

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा

केरामा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा