इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै « Khabarhub

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहानबाट सुरु हुने भएको छ ।

यसअघि हिजो राति ११ बजेबाट नै मतगणना गर्ने भनिए पनि मतदान स्थलबाट मतपेटिका गणनास्थलमा लैजान ढिलाइ भएपछि आज बिहान सुरु गर्न लागिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनका अनुसार बिहान ७ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि गणना सुरु हुनेछ ।

मतगणना इलाम नगरपालिकास्थित सिटी हलको (गौतम बुद्ध सभागृह) मा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतगणनाका लागि शनिबारै सभागृहको हलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ।

सिटीहलको एउटा कोठामा तारजाली लगाएर गणक मात्र भित्र बस्न मिल्ने र प्रतिनिधि बाहिरै बस्ने गरी गणनास्थल तयार गरिएको छ ।

इलाममा हिजो भएको निर्वाचनमा १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन् । यो समग्रमा ६० प्रतिशत हो ।

प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि इलाम–२ मा उपनिर्वाचन भएको हो ।

 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : ४२ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई