इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै | Khabarhub Khabarhub

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहानबाट सुरु हुने भएको छ ।

यसअघि हिजो राति ११ बजेबाट नै मतगणना गर्ने भनिए पनि मतदान स्थलबाट मतपेटिका गणनास्थलमा लैजान ढिलाइ भएपछि आज बिहान सुरु गर्न लागिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनका अनुसार बिहान ७ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि गणना सुरु हुनेछ ।

मतगणना इलाम नगरपालिकास्थित सिटी हलको (गौतम बुद्ध सभागृह) मा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतगणनाका लागि शनिबारै सभागृहको हलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ।

सिटीहलको एउटा कोठामा तारजाली लगाएर गणक मात्र भित्र बस्न मिल्ने र प्रतिनिधि बाहिरै बस्ने गरी गणनास्थल तयार गरिएको छ ।

इलाममा हिजो भएको निर्वाचनमा १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन् । यो समग्रमा ६० प्रतिशत हो ।

प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि इलाम–२ मा उपनिर्वाचन भएको हो ।

 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : ४२ बजे

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’

काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली

थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद

राँझा– नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र