इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी « Khabarhub

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र सर्वदलीय बैठक जारी रहेको छ ।

बैठकले मतगणनाका बारेमा मापदण्ड तय गर्नेछ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वदलीय बैठक सकिएपछि मतगणना सुरु हुने जानकारी दिए ।

हिजो उपनिर्वाचन सम्पन्न भएपछि राति अबेर सबै मतपेटिका सदरमुकामस्थित गौतमबुद्ध सभागृहस्थित गणनास्थल ल्याइएको छ।

इलामको उपनिर्वाचनमा एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ । यो समग्रमा ६० प्रतिशत हो ।

उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवार गरी १९ जना चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा हिजो उपनिर्वाचन भएको हो।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ८ : ५७ बजे

बालुवाटारमा लघुवित्तपीडित, प्रहरीले रोकेपछि सडकमै बसे (तस्बिरहरू)

काठमाडौं– आन्दोलनरत लघुवित्तपीडित बालुवाटारनजिक पुगेर प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरबाट

धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय बैठक

जनकपुरधाम- धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आच आउन

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा

केरामा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा