बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने  | Khabarhub Khabarhub

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना आज १ बजेपछि सुरु गरिने जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हाल दलका प्रतिनिधि र सरोकारवालाको बैठक जारी छ । 

 निर्वाचन कार्यालय सूचना अधिकारी गोरख केसीले भने, ‘१ बजेपछि मतगणना सुरु गर्ने तयारी गरेका छौँ ।’ 

 विकट क्षेत्र साइपाल गाउँपालिकाको धूली, काँडा र एराङकुरीडाँडाको मतपेटिका हेलिकोप्टरबाट आज बिहान ल्याएसँगै मतगणना ल्याइएको थियो । सो कारण यहाँ मतगणनामा ढिलाइ भएको हो । 

मतगणना सदरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा गरिने छ । शनिबार भएको उपनिर्वाचनमा ६१ हजार ७ सय ४८ मतदाता मध्ये ३० हजार ३ सय २८ जनाले मतदान गरेका थिए । यो समग्रमा ४९ दशमलव १२ प्रतिशत हो ।

बझाङ प्रदेशसभा १ मा विभिन्न दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १२ : २० बजे

प्रतिनिधिसभा बैठक बस्दै, साइबर सुरक्षा विधेयक निर्णयार्थ प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (बिहीबार) बस्दैछ ।

पश्चिम नेपालमा मनसुन बढी सक्रिय, यी भूभागमा भारी वर्षा हुने

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय

पुटिनसँगको वार्ता अघि युरोपेली नेतासँग छलफल गर्दै ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लाडिमिर

२४ घण्टामा इलाममा सबैभन्दा धेरै एक सय ४६ मिलिमिटर वर्षा

काठमाडौं – मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा सबैभन्दा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटही