महोत्तरीका आगलागी पीडितहरूलाई राहत वितरण « Khabarhub

महोत्तरीका आगलागी पीडितहरूलाई राहत वितरण


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी जिल्ला मटिहानी नगरपालिका-६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित भएका स्थानीयहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघले राहत बितरण गरेको छ ।

संघकी अध्यक्ष अनिता लामिछाने अर्यालबाट आगलागी पीडितहरूलाई राहत सामाग्री वितरण तथा सामुहिक खानाको कार्यक्रम गरिएको हो ।

सशस्त्र प्रहरी परिवार महिला संघले स्थापना कालदेखी मानवीय सहयोग कार्यमा केन्द्रित रहि विभिन्न समयमा घटेका विपद्का घटनाहरुमा सक्दो राहतका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ, त्यसैको निरन्तरता स्वरुप मटिहानीमा राहत तथा सामूहिक भोजनको कार्यक्रम सञ्चालन गरिएको थियो ।

१ सय ३ घरधुरी आगलागी पीडितहरूका प्रत्येक परिवारमा कम्बल, सिरानी, टावेल, पानी खाने बोतल, जग, माक्स, स्टिलको कचौरा, गिलास, थाल, चम्चा, व्यक्तिगत सरसफाइ किट (पुरुषरमहिला) तथा सामुहिक रुपमा प्रयोग गर्नेगरी १०-१० थान शौचालय, प्यान तथा पाईप-एल्बो लगायतका राहत सामाग्रीहरु वितरण गरिएको थियो । राहत सामाग्री वितरण कार्यक्रम पश्चात ७ सय जना आगलागी पीडितहरूलाई सामूहिक खाना समेत खुवाइएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं.छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाह, मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती प्राब्दा सिंह शाह, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू लगायत जनप्रतिनिधिहरू, स्थानीय भद्रभलाद्मी तथा अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १ : ३२ बजे

हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी

वागमती– सरकारले सयदिने कार्यसूचीअन्तर्गत अघि बढाएको ‘सरकारी सेवा घरघर’ अभियान

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं– सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार

चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी

बेइजिङ- चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई)

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,