९८ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा छ : प्रधानमन्त्री « Khabarhub

९८ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा छ : प्रधानमन्त्री


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच रहेको बताएका छन्।

काठमाडौंको चन्द्रागिरीमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेशन आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको बताए।

उत्पादित जलविद्युत देशभित्रै खपत गर्नेगरी विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको उनको भनाइ थियो। नेपालको विकासमा यो एउटा ठूलो टर्निङ प्वाइन्ट भएको प्रधानमन्त्रीको भनाइ छ।

विद्युत खपतको महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर विस्तार भइरहेको र पेट्रोलियम पदार्थको आयातमा पनि गिरावट ल्याएको उनले बताए।

प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण नेपालका सुन्दर हिमालहरू प्रभावित भएको बताए। जलविद्युत उत्पादनमा पनि जलवायु परिवर्तनको प्रभाव परेको उनको भनाइ छ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : ४० बजे

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

काठमाडौं– आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान

सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न रास्वपाको अपिल, दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको कप्तानगञ्ज लगायतका

सुनसरीका सीडीओ भन्छन् : हुल बनाएर स्थानीय बाहिर निस्किए, मानवीय क्षति रोक्न बल प्रयोग गरेका छैनौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई