इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित) « Khabarhub

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

१६ सय २३ मतले एमाले अगाडि


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। उनले ६ हजार ४ सय ३ मतका साथ अग्रता कायमै राखेका हुन्। उनलाई कांग्रेसका उम्मेदवार डम्बर खड्काले पछ्याइरहेका छन्। कांग्रेसका खड्काले चार हजार ७८० मत ल्याएका छन्। एमाले र कांग्रेसका उम्मेदवारको मतान्तर १६ सय २३ रहेको छ।

तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले तीन हजार १८८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले एक हजार मत पाएका छन्। सोमबार बिहान ४ बजेसम्म १५ हजार ९६८ मत गणना भएको छ। जसमध्ये १८६ मत बदर भएको छ।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको हो।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ५ : २८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना