स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी « Khabarhub

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी खेलेका छन् । आज बिहान सम्पन्न खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलमा रियल बेटिसका इस्कोले खेलको ३८औँ मिनेटमा पेनाल्टीमार्फत सुरुवाती गोल गरेका थिए ।

यस्तै सेभिल्लाका किक सालासले ५६औँ मिनेटमा गोल गर्दै रियल बेटिससँग १–१ गोलको बराबरी गरे । त्यसपछि दुवै टोलीबाट थप गोल नहुँदा खेल १–१ गोलको बराबरीमा टुंगिन पुगेको थियो ।

यो बराबरीसँगै रियल बेटिस ३३ खेलबाट ५१ अंकसहित तालिकाको सातौँ स्थानमा छ भने सेभिल्ला ३८ अंकसहित १३औँ स्थानमा छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ७ : ०७ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली