भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते « Khabarhub

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । घटनामा २३ जना घाइते भएका छन् ।

पार्किङ गरिएको ट्रकलाई पिकअपले ठक्कर दिएपछि दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा ५ महिला र ३ बालबालिका रहेका छन् । उनीहरुको घटना स्थलमै मृत्यु भएको हो ।

भारतीय प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई रायपुर एम्समा रिफर गरिएको छ ।

प्राप्त जानकारी अनुसार पिकअपमा ४०–५० जना सवार रहेका थिए । घटनाबारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ८ : ४२ बजे

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री

तरुण ३५ केन्द्रीय सदस्यले पार्टी कार्यालयको भेलाप्रति जनाए असहमति

काठमाडौं- नेपाल तरुण दलका केन्द्रीय सदस्यहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा