इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी « Khabarhub

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक छन् । गएराति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

रोमाका लागि पाउलो डिबाला र टमी अब्राहम तथा नापोलीका म्याथियास ओभिभेरा र भिक्टर ओसिमहेनले गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरी भएको अवस्थामा दोस्रो हाफको ५९औँ मिनेटमा डिबालाले पेनाल्टी मार्फत गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ६५औँ मिनेटमा ओभिभेराले गोल गर्दै नापोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।

यसैगरी ८४औँ मिनेटमा नापोलीका भिक्टरले गोल गर्दै टोलीलाई २–१ गोलले अघि बढाए । तर खेल सकिन एक मिनेट बाँकी छँदा अब्राहमले गोल गर्दै रोमालाई हारबाट जोगाउँदै २–२ को बराबरी गराए ।

यो बराबरीसँगै ३४ खेलबाट रोमा ५९ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ भने नापोली ५० अंकसहित नवौँ स्थानमा छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ९ : ४५ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु