‘विकास साझेदारले खुलेर प्रशंसा गरे’ | Khabarhub Khabarhub

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास साझेदारहरूले लगानीको वातावरण बनेको भन्दै खुलेर प्रशंसा गरेको जनाएको छ ।

लगानी सम्मेलन नसकिँदै अर्थमन्त्री पुनले आज बिहान पनि सचिवालयमार्फत सूचना सम्प्रेण गर्दै लगानी सम्मेलन सफल भएको दाबी गरेका थिए ।

परियोजनामा सम्झौता टर्दै, तर अर्थमन्त्री भन्छन्‌ – ‘लगानी सम्मेलन सफल भयो’

अर्थमन्त्रीको सचिवालयका अनुसार तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज (सोमबार) बिहान विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) सहित विकास साझेदार संस्थाका प्रतिनिधिले सत्तारुढ र प्रतिपक्षी दलबीच विकास बारेको समान धारणाको खुलेरै प्रशंसा गरेका हुन्‌ ।

दाबी गरिएअनुसार अर्थमन्त्रीसँगको भेटमा विकास साझेदार प्रतिनिधिहरूले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका हुन्‌ । त्यसक्रममा उनीहरूले नेपाल सरकारले हालैमात्र कानूनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले लगनाी वातावरण बताएको बताएका थिए ।

सम्मेलन उदघाटन सत्रमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विकासका एजेण्डामा नेपालका सबै दल सँगै रहेको प्रतिबद्धता जनाएकातर्फ पनि उनीहरूको संकेत गरेका थिए । उनीहरूले कानूनी र प्रक्रियागत सुधारबारे आगामी दिनमा पनि ख्याल गर्न सरकारलाई सुझाए ।

दातृ निकायका प्रतिनिधिसँगको बैठकमा अर्थमन्त्री पुनका साथै मुख्य सचिव बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, राजश्वसचिव डा. रामप्रसाद आचार्य, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, मन्त्रालयका सह–सचिवद्वय श्रीकृष्ण नेपाल र धनीराम शर्मालगायत सहभागी थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ४ : ५४ बजे

निश्चल बस्नेतलाई मातृ शोक

काठमाडौं- निर्देशक निश्चल बस्नेतलाई मातृ शोक परेको छ। १५ वर्षदेखि

मनाइयो कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि

काठमाडौं– कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि पर्व बुधबार

माओवादीसहितको एकता सभामा मिसिन पुगे झलनाथ खनाल

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित नौ दल मिलेर बनेको नेपाली कम्युनिस्ट

स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण (तस्बिरहरू)

काठमाडौं– कात्तिक शुक्ल पूर्णिमाको अवसरमा काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार

गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क