परियोजनामा सम्झौता टर्दै, तर अर्थमन्त्री भन्छन्‌ - ‘लगानी सम्मेलन सफल भयो’ | Khabarhub Khabarhub

परियोजनामा सम्झौता टर्दै, तर अर्थमन्त्री भन्छन्‌ – ‘लगानी सम्मेलन सफल भयो’


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री एवम् लगानी बोर्ड उपाध्यक्ष वर्षमान पुनले लगानी सम्मेलन जारी नै रहँदा सफल भएको भन्दै प्रचार गरेका छन्‌ ।

लगानी निश्चित हुने चरणमा रहेका भनिएका आयोजनामै सम्झौता नगरी लगानीकर्तालाई खाली हात पठाउँदै गरेका अर्थमन्त्रीले सम्मेलन सफल भएको भन्दै सचिवालयबाट प्रचार गराएका हुन्‌ ।

काठमाडौंस्थित पाँचतारे होटल सोल्टीमा हिजो (आइतबार) देखि तेस्रो लगानी सम्मेलन जारी छ । सम्मेलन आज (सोमबार) बेलुकी समापन हुनेछ । तर, समापन हुनुअघि नै अर्थमन्त्रीले हतारमा सम्मेलन सफल भएको दाबी गरेका हुन्‌ ।

लगानी सम्मेलनमा सरकारी हेल्चेक्य्राइँ : तयारी नगर्दा पौने दुई खर्बका परियोजनामा सम्झौता असम्भव

अर्थमन्त्रीले यस्तो दाबी गरिरहँदा सरकारले जसरी पनि लगानी ल्याइछाड्ने र सम्झौता निश्चित भएका भनेका महत्वपूर्ण चार परियोजनामा कुनै प्रगति नहुने भएको छ ।

लगानी बोर्ड कार्यालयले आवश्यक पूर्वतयारी नगर्दा चीन-नेपाल मैत्री ‍औद्योगिक पार्क, अप्पर मर्स्याङदी – २ जलविद्युत् आयोजना, २५० मेगावाटको ग्रीड कनेक्सन (२५० मेगावाट) र डाबर नेपालसँग लगानी सम्झौता नहुने भएको हो ।

यी आयोजना विकास गर्न सरकारले प्रवर्द्धकहरूसँग परियोजना विकास सम्झौता (पीडीए) र परियोजना लगानी सम्झौता (पीआइए) गर्ने जनाएको थियो ।

तर, यस्तो हालतबीच मन्त्री पुनले भने सम्मेलन स्थलमा पुगेर लगानी सम्मेलन-२०२४ भव्य रूपमा सफल भएको दाबी गरेका हुन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरूसँगको साइडलाइन बैठकमा उनले सम्मेलन सफल भएको बताए ।

लगानी सम्मेलनको पहिलो दिन : सोल्टीमा भीड देख्दा प्रधानमन्त्री मख्ख, तनावमा पाहुना र कर्मचारी

लगानी सम्मेलनमा विकास साझेदारहरूको सक्रिय सहभागिताले आफूहरू उत्साहित भएको पनि अर्थमन्त्रीले बताए । विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरूको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको अर्थमन्त्रीको तर्क थियो । लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको लगानी गन्तव्य भएको पुष्टि गरेको पनि मन्त्री पुनले दाबी गरे ।

बैठकमा विकास साझेदारहरुसँगको सहकार्यलाई आगामी दिनमा थप सुमधर बनाइने प्रतिबद्धता जनाए । ‘जुन स्तरमा लगानीकर्ता, विकास साझेदार र सरोकारवालाहरुको उपस्थिति देखिएको छ, त्यसबाट लगानी सम्मेलन सफल भएको छ’, मन्त्री पुनले भने, ‘नेपाल लगानीका लागि उदीयमान र आकर्षक गन्तव्य हो र यहाँ लगानीका प्रसस्त अवसरहरू छन् भन्ने तथ्यलाई स्थापित गर्न हामी सफल भएका छौं ।’

नेपालको विकास प्रयासमा साथ दिन विकास साझेदारका तर्फबाट सम्मेलनमा भएको उपस्थिति र प्रतिबद्धताका लागि अर्थमन्त्री पुनले धन्यवाद दिएका उनको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : ५६ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार