रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता « Khabarhub

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा फरक–फरक कम्पनीहरुबीचमा सम्झौता भएको छ ।

मुगुको रारामा रिसोर्ट बनाउने विषयमा रारा होल्डिङ्स प्रालि र अष्ट्रेलियाको एक्सपर्ट ग्रुपबीचमा सम्झौता भएको हो । त्यस्तै, कपिलवस्तुको गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा साखः एन्ड कम्पनी र अनफरमन ग्रुपबीच सम्झौता भएको छ ।

मुगुको छायानाथ नगरपालिका, मुर्माटपमा १ अर्ब १० करोडको लगानीमा ८० रोपनी क्षेत्रफलमा लक्जरी रिसोर्ट निर्माण गरिने जनाइएको छ । सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्री अर्याल र सञ्जिब शर्मा र रारा होल्डिङ्सको तर्फबाट अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, गोरुसिंगेमा २२ बिगाहा जग्गामा २ अर्ब रुपैयाँको लागतमा रिसोर्ट निर्माण गर्ने विषयमा साखः ग्रुप र हङकङको अनफरमन ग्रुपबीच सम्झौता भएको छ । सम्झौतामा साखः कम्पनीका अध्यक्ष किरण साख र अनफरमन ग्रुपकी अध्यक्ष ली पिङले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ४ : ५२ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र