भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा « Khabarhub

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन बेइजिङबाट फर्किएलगत्तै मस्क चीन यात्रामा निस्किएका हुन् ।

रोचक कुरा त के छ भने मस्कले भारत भ्रमण रद्द गरेर चीन यात्रामा निस्किएका हुन् ।

उनको यस भ्रमणको उद्देश्य चीनमा टेस्ला कारको अटो ड्राइभिङ क्षमतालाई अझै बलियो बनाउने विषय रहेको छ ।

मस्क चीनमा फुल सेल्फ ड्राइभिङ (एफएसडी) लाई अझै बलियो बनाउन चाहन्छन् । उनी आफ्नो एल्गोरिदमलाई प्रशिक्षित गर्न अमेरिकामा जुटाइएको डेटालाई विदेशमा सार्न चाहन्छन् । यसो गर्दा एल्गोरिदम तालिमसँगै तयार हुन सकोस् भन्ने उनले चाहेका छन् ।

फुल सेल्फ ड्राइभिङ मोड अमेरिकामा चलनमा आइसकेको छ तर चीनमा अझै पनि त्यसलाई लागु गर्न सकिएको छैन ।

मस्को यो भ्रमण केही दिनअघि अमेरिकामा टेस्लाको अटोनोमस ड्राइभिङ मोडबाट १३ वटा दुर्घटना भएको र जसमा एकजनाको ज्यान गएको पृष्ठभूमिमा भएको हो ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार उनले त्यहाँका प्रधानमन्त्री ली कियाङ्गसँगको बैठकमा आफू चीनसँग सहयोग बढाउने पक्षमा रहेको उल्लेख गरेका छन् । त्यसो गर्दा दुवै देशका लागि राम्रो नतिजा आउन सक्ने उनको निष्कर्ष छ ।

चीन टेस्लाको दोस्रो सबैभन्दा ठूलो बजार हो । अन्य कार निर्माता जस्तै गुआंगजोमा मुख्यालय रहेको एक्सपेङ्गले आफ्नो कारमा टेस्लाको जस्तै सेल्फ-ड्राइभिङ राखेर टेस्लालाई कडा टक्कर दिइरहेको छ ।

आइतबार मात्रै मस्कले चीनका कार कम्पनीहरूलाई विश्वका अन्य कम्पनीमा सबैभन्दा प्रतिस्पर्धीको संज्ञा दिएका थिए ।

टेस्लाले चिनियाँ अधिकारीहरूलाई स्थानीय कानुनअनुसार चिनियाँ उपभोक्तालाई सजिलोका लागि संघाईमा एक डेटा सेन्टर स्थापना तयारी गरेको छ ।

एफएसडीलाई टेस्लाका लाखौं ग्राहकहरूको कारबाट सङ्कलन गरिएका भिडियोहरूबाट तालिम दिइएको छ।

टेस्लाको माग बढाउनका लागि चीन र अन्य बजारमा मस्कले आफ्नो कारको मूल्यमा कटौती गरिरहेका छन् ।

यस सालको तीन महिनामा टेस्लाको अटोमोटिभ बिक्रीमा १३ प्रतिशतले गिरावट आएको छ । यसले टेस्लाको बिक्री १७.३ अर्ब डलरबाट गिरेर १३.७ अर्ब डलरमा झरेको छ ।

रोयटर्सको रिपोर्टका अनुसार मस्कले त्यहाँका वरिष्ठ अधिकारीहरूसँग टेस्लाको फुल–सेल्फ ड्राइभिङ (एफएसडी) सफ्टवेयरको रोलआउटबारे छलफल गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ५ : ०३ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र