इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो « Khabarhub

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको उपनिर्वाचनको मतगणना चलिरहेको छ ।

सदरमुकाम इलाम बजारका तीनवटा स्थानमा अहिले मतगणना भइरहेको छ ।

सोमबार साँझसम्म लगातार अग्रता बनाइरहेका नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।

सुहाङले ताजा अवस्थामा नेपाली कांग्रेस डम्बर खड्कालाई ६ हजार ४३९ मतको फराकिलो अन्तरले पछि पारेका छन् ।

सुहाङले देउमाई नगरपालिका-८ जितपुर, आमबोटे र पुरानो साङरुम्बाको मत गनिसक्दा १९ हजार ११४ मत ल्याइसकेका छन् ।

उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार खड्काले ताजा अवस्थामा १२ हजार ६७५ मत ल्याएका छन् ।

उता तेस्रो स्थानमा रहेका पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४१० मत ल्याएका छन् ।

इलाम २ मा चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू छन् । जसले हालसम्म ३ हजार २४२ मत आफ्नो पक्षमा पारेका छन् । उनले देउमाईमा आइपुगेपछि हरेक वडाबाट १०० भन्दा धेरै मत ल्याउन सकेका छन् ।

इलाम-२ उपनिर्वाचन अपडेट
सूर्य -१९,११४
रुख- १२,६७५
मूढा-९,४१०
घण्टी -३,२४२

देउमाई ८ को अन्तिम परिणाम
सुहाङ नेम्वाङ : ९१८ (सूर्य)
डम्वर खड्का : ३३६ (रुख)
डेकेन्द्र थेगिम : ७४ (मुढा)
मिलन लिम्बू : १७५ (घण्टी)

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ७ : ४३ बजे

मोदीलाई मेटाले हेपेपछि…

नयाँ दिल्ली- विश्वका नेताहरूमध्ये सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ भएकामा

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

विराटनगर– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने

काठमाडौं– स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा

प्रधानमन्त्री अर्थमन्त्री शक्ति संघर्ष : डा वाग्लेले पनि सुरु गरे निजी क्षेत्र भेटघाट

काठमाडौं– असार महिनाको तेस्रो हप्ताबाट प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुरु