इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता « Khabarhub

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

यो क्षेत्रमा पर्ने ४२ मध्ये ३२ वडाको मतगणना भइसकेको छ । अब १० वडाको मतगणना हुन बाँकी छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ६ हजार ६०६ मतको अग्रता बनाएका छन् ।

सुहाङले २० हजार ५९६ मत ल्याइएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार खड्काले ताजा अवस्थामा १३ हजार ९९० मत ल्याएका छन् ।

उता तेस्रो स्थानमा रहेका पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ६५९ मत ल्याएका छन् । रास्वपा उम्मेदवार मिलन लिम्बूले ३ हजार ३ सय २३ मत पाएका छन्।

शनिबार भएको मतदानमा यहाँ ६६ हजार मत खसेको थियो ।

इलाम–२ उपनिर्वाचन अपडेट
सूर्य :२०,५९६
रुख : १३,९९०
मूढा : ९,६५९
घण्टी :३,३२३

इलाम नगरपालिका १ को अन्तिम परिणाम
रुख :८००
सूर्य :८९९
मुढा : १४५
घण्टि :१२७

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १० : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै