इलामले बजाएको सांकेतिक घण्टीप्रति सचेत छौँ, सुहाङलाई बधाई : रास्वपा « Khabarhub

इलामले बजाएको सांकेतिक घण्टीप्रति सचेत छौँ, सुहाङलाई बधाई : रास्वपा


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम–२ को उपनिर्वाचनको परिणामबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।

रास्वपका महामन्त्री डा. मुकुल ढकालले आज एक विज्ञप्ति जारी गर्दै इलाम–२ मा अपेक्षा अनुसार मत नआउनुमा कैयन कमीकमजोरी रहेको इंगित गरेका छन् ।

उनले इलामका जनताको मतको सम्मान गर्ने भन्दै निर्वाचनको परिणामबारे आगामी केन्द्रीय समिति बैठकमा गहन समीक्ष गर्ने समेत बताएका छन् ।

नतिजा पार्टी अनुकूल नआएपनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको सदैव सम्मान गर्ने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ ।’

यसैबीच, रास्वपाले उपनिर्वाचनमा विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिँदै जनअपेक्षा अनुरुप कार्यसम्पादन गर्न सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

इलाम– २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १२ : १७ बजे

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

कञ्चनपुर – कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट

सुरेन्द्र पाण्डे भन्छन् : अब दोष कसैमा थोपरेर उम्किन सकिँदैन

काठमाडौं – निर्वाचन परिणामप्रति आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै

म प्रसन्न नै छु, विचलित वा उद्वेलित छैन : सिके राउत

काठमाडौं – निर्वाचन परिणाम सार्वजनिक भएपछिको आफ्नो धारणा सामाजिक सञ्जालमार्फत

सुशासनको एजेण्डामा रास्वपासँग सहकार्य गर्न तयार छौं : वर्षमान

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेकपा एमालेका क्षितिज