सभामुखले भने : समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ « Khabarhub

सभामुखले भने : समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशनअगावै महत्वपूर्ण विधेयकहरूमाथि छलफल गरि पारित गर्न संसदीय समितिको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार संसद् सचिवालय सिंहदरबारमा विभिन्न बिषयगत समितिका सभापतिका र राष्ट्रिय दलका मुख्य सचेतक, सचेतकसँग सामूहिक रुपमा छलफल गर्दै सभामुख घिमिरेले आगामी अधिवेशनअघि नै विधेयकहरू पारित गर्ने गरि तयारी गर्न ध्यानाकर्षण गराएका हु्न् ।

आगामी अधिवेशनमा आउनसक्ने विधेयक, समितिमा विधेयकको अवस्था, आगामी अधिवेशनको तयारी लगाायतमा छलफल भएको सभामुख घिमिरेले जानकारी दिए ।

अझै धेरै विधेयकहरू समितिमा टुङ्गो लाग्न बाँकी रहेको बताउँदै उनले छिटो टुङ्ग्याउने काममा गति दिन आफूले आग्रह गरेको जानकारी दिए ।

उनले आगामी अधिवेशनको तयारी गर्नुपर्ने र अधिवेशनमा आउन सक्ने अप्ठेरा हल गर्न सबैले भूमिका खेल्न आग्रह गरेको जानकारी दिए ।

बैठकपछि कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संविधान कार्यान्वयनका निम्ति धेरै विधेयक समितिमा रहेकाले छिटोभन्दा छिटो अघि बढाउनुपर्ने जोड दिइएको बताए ।

आगामी अधिवेशनमा समितिबाट धेरै विधेयकहरू पेस हुने उनको भनाइ छ । सहकारीको समस्या पूर्णरुपमा समाधानका लागि आगामी अधिवेशनबाटै आवश्यक कानून निर्माण हुने गिरीले बताए ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद् नहुँदा संसदीय समितिमा पनि प्रभाव परेको बताए ।

उनले त्यहीकारण विधेयकहरूमाथि छलफल रोकिएको बताए । छिट्टै विधेयक अघि बढाउन सभामुख घिमिरेले निर्देशन दिएको पनि उनले जानकारी दिए ।

त्यस्तै बैठकमा समिति सभापतिहरूले संसदीय समितिहरूका निर्देशन पालनाका लागि सरोकारवाला पक्ष गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  २ : ५५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना