गर्मी बढेसँगै रगतको अभाव | Khabarhub Khabarhub

गर्मी बढेसँगै रगतको अभाव


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

चितवन– गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले गर्दा अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दो तर रक्तदान कार्यक्रमको आयोजना कम हुन थालेकाले यहाँ रगतको अभाव देखिएको हो ।

प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार हाल केन्द्रमा दैनिक एक सय ५० युनिट हाराहारी रगतको माग हुने गरेको छ । यहाँबाट माग पूर्ति गर्न नसकेपछि प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराबाट आज मात्रै चार सय युनिट रगत माग गरी भरतपुर ल्याउन लागिएको उनले जानकारी दिए। 

 धेरै सङ्ख्यामा युवा विदेश पलायन हुँदा रक्तदाताको सङ्ख्यासँगै रगतको पनि अभाव हुने गरेको उनको भनाइ थियो । रगतको अभाव हुँदा अझ माग बढ्ने गरेको उनले बताए। ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीले रक्तदानको कार्यक्रम कम हुँदा रगतको अभाव भएको बताए। उनले संस्थाको सम्पर्कमा भएका दैनिक १० देखि १५ जना रक्तदातालाई रक्तदान गर्न रक्तसञ्चार केन्द्र पठाउने गरेको जानकारी दिए। रेडक्रस र आयोजक संस्थाको समन्वय कम हुँदा पनि रक्तदानका कार्यक्रम कम भएको उनको भनाइ थियो ।

रक्तदान गर्न अपिल

रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवनले रक्तदान गर्न अपिल गरेको छ । 

इच्छुक रक्तदाता एवं रेडक्रसकर्मीले नेरेसो प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरलगायत मातहतका रक्तसञ्चार युनिट ९क्यान्सर अस्पताल युनिट, चितवन मेडिकल कलेज युनिट, वघौडा अस्पताल आकस्मिक रक्तसञ्चार एकाइ, रत्ननगर नगरपालिकाअन्तर्गत नेरेसो रक्तसञ्चार एकाइ० मा गई रक्तदान गरी सहयोग पु¥याइदिनु हुनका लागि सोसाइटीका सभापति हरिप्रसाद पौडेल र मन्त्री राममणि खनालले जारी गरेको अपिलमा अनुरोध गरिएको छ । 

मेडिकल सिटिका रुपमा विकास हुँदै गएको यहाँका सरकारी, निजी र सामुदायिक अस्पतालमा जिल्ला र अन्य ठाउँबाट गरी ठूलो संख्यामा बिरामी आउने गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ४ : ०५ बजे

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, चार घाइते

धनगढी – अछामको बान्नीगढी जयगढ गाउँपालिकामा करेन्ट लाग्दा एक किशोरको

सभापति लामिछानेको कारागार सरूवाबारे विस्तृत जानकारी दिइएको छैन : मनिष झा

काठमाडौं– कारागार व्यवस्था विभागले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

अवरुद्ध साँफे-मार्तडी राजमार्ग सञ्चालनमा

बाजुरा– शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोला बढेपछि अवरुद्ध

सीमा मुद्दामा वार्ताका लागि चिनियाँ विदेशमन्त्री भारत आउँदै

नयाँ दिल्ली– चीनका विदेशमन्त्री वाङ्ग यी तीन दिने भारत भ्रमणमा

पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण