कतारबाट आएका एक व्यक्ति सिनामंगलमा बन्धक, दुई जना पक्राउ « Khabarhub

कतारबाट आएका एक व्यक्ति सिनामंगलमा बन्धक, दुई जना पक्राउ


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कतारबाट नेपाल आएका सप्तरी राजविराजका सिकेन्द्र यादवलाई सिनामंगलमा बन्धक बनाएर राख्ने दुई जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा एमडी सहनी र अजिम अली रहेका छन् ।

नेपाल आएलगतै सिकेन्द्र यादवलाई बन्धक बनाइएर उनीहरुले यादवको परिवारसंग ४ लाख ८० हजार मागेका थिए ।

 कतारबाट एक व्यक्तिले यादवलाई सुन दिएर पठाएको र नेपाल ओर्लेपछि यादवले ल्याएको सुन अर्कै व्यक्तिले बुझेपछि उनलाई बन्धक बनाएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए । घटनाको जानकारी पाउने बितिकै अनुसन्धानका लागि टोली खटिएको र सिनामंगलमा यादवलाई हातखुट्टा बाँधेर राखेको अवस्थामा उद्धार गरिएको उनले बताए ।

त्यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिभिन्न देश पठाइदिन्छु भनी नक्कली कम्पनी खडा गरि वैदेशिक रोजगारमा जान खोज्ने नेपालीलाई लाखौ ठगी गर्ने गिरोहलाई समेत पक्राउ गरि सार्वजनिक गरेको छ । 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ४ : ४७ बजे

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क