चीनद्वारा सुन्तला मौसमी चेतावनी जारी « Khabarhub

चीनद्वारा सुन्तला मौसमी चेतावनी जारी


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको मौसम विभागले मंगलबार देशका केही भागमा आँधीबेहरी, असिना र भारी वर्षाको पूर्वानुमानसहित सुन्तला मौसमी चेतावनी जारी गरेको छ ।

राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार मंगलबार बिहानदेखि बुधबार बिहानसम्म हुनान, जियाङ्सी, झेजियाङ, फुजियान, गुआङ्सीगुआङ्डोङका केही भागमा आँधीबेहरीसहित असिना पर्नेछ । प्रतिघन्टा ८० मिलिमिटरभन्दा बढीको वर्षाले जियाङ्सी, फुजियानगुआङडोङका केही भागमा असर पार्ने केन्द्रले जनाएको छ ।

जनतालाई बाहिरी कामकाजमा सजगता अपनाउन सल्लाह दिइएको छ । स्थानीय अधिकारीहरूलाई आपत्कालीन उद्धार प्रयासका लागि तयार रहन आग्रह गरिएको छ । केन्द्रले सहरी क्षेत्र र कृषि भूमिमा आवश्यक जल निकासी उपायहरू अपनाउन पनि सुझाव दिएको छ ।  

चीनले मौसमी चेतावनीका लागि तीन–स्तरीय रङ–कोडित मौसम चेतावनी प्रणाली लागू गर्छ । यसमा सुन्तलाले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ । त्यसपछि पहेँलो र नीलो हुन्छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : ५८ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट