चीनद्वारा सुन्तला मौसमी चेतावनी जारी | Khabarhub Khabarhub

चीनद्वारा सुन्तला मौसमी चेतावनी जारी


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको मौसम विभागले मंगलबार देशका केही भागमा आँधीबेहरी, असिना र भारी वर्षाको पूर्वानुमानसहित सुन्तला मौसमी चेतावनी जारी गरेको छ ।

राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार मंगलबार बिहानदेखि बुधबार बिहानसम्म हुनान, जियाङ्सी, झेजियाङ, फुजियान, गुआङ्सीगुआङ्डोङका केही भागमा आँधीबेहरीसहित असिना पर्नेछ । प्रतिघन्टा ८० मिलिमिटरभन्दा बढीको वर्षाले जियाङ्सी, फुजियानगुआङडोङका केही भागमा असर पार्ने केन्द्रले जनाएको छ ।

जनतालाई बाहिरी कामकाजमा सजगता अपनाउन सल्लाह दिइएको छ । स्थानीय अधिकारीहरूलाई आपत्कालीन उद्धार प्रयासका लागि तयार रहन आग्रह गरिएको छ । केन्द्रले सहरी क्षेत्र र कृषि भूमिमा आवश्यक जल निकासी उपायहरू अपनाउन पनि सुझाव दिएको छ ।  

चीनले मौसमी चेतावनीका लागि तीन–स्तरीय रङ–कोडित मौसम चेतावनी प्रणाली लागू गर्छ । यसमा सुन्तलाले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ । त्यसपछि पहेँलो र नीलो हुन्छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : ५८ बजे

तोलामा एक हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन

पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

गण्डकी– मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण

अनमोलको नायक यात्रा : ट्याग मेघा स्टार, दोस्रो इनिङले अनुभव गरायो १० करोडको ग्रस कलेक्सन

काठमाडौं – कन्टेन्टमा दम भएका फिल्मले नै राम्रो व्यापार गर्ने

पर्यटक तानिरहेको दोधारा–चाँदनी पुल (तस्बिर)

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली

चोटग्रस्त नेयमार ब्राजिलको टिममा परेनन्

काठमाडौं – ब्राजिलियन फुटबलका स्टार नेयमार राष्ट्रिय फुटबल टोलीमा अटाउन